सर्वसाधारणको निक्षेप सुरक्षित गर्न अवस्था हेरेर वित्तीय क्षेत्रको नियन्त्रण गर्नुपरेको राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन् । वित्तीय क्षेत्रलाई दिगो र राम्रो बनाउन राष्ट्र बैंकले आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्थालाई नियमन एवं नियन्त्रण गर्दै आएको उनले स्विकारे । ‘राष्ट्र बैंकले मनगढन्ते रूपमा निर्देशन ल्याउँदैन, अध्ययन अनुसन्धानपछि मात्र निर्णय गर्छ,’ उनले भने, ‘यसरी आएका नीति निर्देशनलाई नियमन वा नियन्त्रण ?’ ती गतिविधिलाई राष्ट्र बैंकले नियमनकै पाटोका रूपमा हेरेको उनले बताए ।