कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शाहरुखले राजकुमार हिरानीको फिल्म खेल्ने

एजेन्सी

शाहरुख खानका फ्यानहरुलाई खुशीको समाचार छ । लगातार पाँचवटा फिल्म फ्लप भएपछि स्वघोषित ब्रेकमा रहेका बलिउड सुपरस्टार शाहरुख खानले आफूले अभिनय गर्ने नयाँ फिल्म छनोट गरेको समाचार आएको छ । र, त्यो राजकुमारी हिरानीको फिल्म हुने बताइएको छ । 

शाहरुखले राजकुमार हिरानीको फिल्म खेल्ने

बलिउड हंगामाका अनुसार शाहरुखले अफर आएका ३०-३५ वटा फिल्ममध्ये हिरानीको फिल्म छानेका हुन् । उनलाई यशराज, साजिद नाडियडवाला, टिसिरज र संजयलिला भन्सालीजस्ता ठूला ब्यानरले फिल्म अफर गरेको पनि हंगामाले लेखेको छ ।

मुन्नाभाइ, थ्री इडियट्स, पिके र संजुजस्ता फिल्मका निर्देशक हिरानीले बनाउने यो फिल्म सामाजिक विषयको कमेडी हुनेछ । यससम्बन्धी बाँकी कुरा उल्लेख गरिएको छैन । फिल्मको काम दुई महिनापछि मात्रै सुरु हुनेछ । शाहरुख आफैं पनि यसको निर्माता हुनेछन् । उनका अलावा विधुविनोद चोपडा र हिरानी पनि यसका निर्माता हुनेछन् । चोपडाको निर्माणमा हिरानीले निर्देशन गरेको 'मुन्नाभाइ एमबीबीएस'मा सुरुमा शाहरुखले नै अभिनय गर्ने तयारी थियो । पछि उनको ढाडको अप्रेसनको समय जुधेकाले मु्न्नाभाइको भूमिका संजय दत्तले पाएका थिए ।

लगातार फिल्महरु फ्लप भइरहेका बेला आनन्द एल रायको फिल्म 'जिरो'बाट शाहरुखले ठूलो सफलताको आश गरेका थिए । यो फिल्म पनि फ्लप भएपछि उनले कुनै पनि फिल्म साइन गरेका छैनन् । आयन मुखर्जीको फिल्म 'ब्रम्हाश्त्र'मा पनि शाहरुख अतिथि भूमिकामा देखिने बताइएको छ।

प्रकाशित : माघ ३, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?