सन्नी देओलका कान्छा छोरा पनि बलिउडमा डेब्यु गर्दै- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्नी देओलका कान्छा छोरा पनि बलिउडमा डेब्यु गर्दै

कान्तिपुर संवाददाता

कोभिडबीच फिल्म निर्माणको संख्या घटे पनि बलिउडमा स्टार किडको डेब्यु भने रोकिएको छैन । अभिनेता सन्नी देओलका कान्छा छोरा राजवीर देओल पनि बलिउड डेब्यु गर्दैछन् । हालै राजश्री प्रोडक्सनसँग जोडिएका उनी प्रेमकथामा बन्दै गरेको फिल्म मार्फत पर्दामा देखिँदैछन् ।

यो फिल्म राजवीरको मात्र नभएर निर्देशनका हिसाबले अविनाश बड्जात्याको पहिलो निर्देशकीय फिल्म हुनेछ । फिल्मको कथा उनले नै लेखेका हुन् । 'राजीव एकदमै मिहेनती छ । जति-जति म उसँग फिल्मको विषयमा कुराकानी गर्छु उसलाई फिल्मको हिरो देख्छु,' अविनाशले द हिन्दुस्तान टाइम्सलाई भनेका छन् । फिल्मको टिम अहिले अभिनेत्रीको खोजीमा छ ।

धरमेन्द्रले नाति फिल्ममा खेल्दै गरेको खुसी सामाजिक सञ्जाल ट्विटरमा व्यक्त गरेका छन् । 'मेरो नाति राजवीर फिल्म क्षेत्रमा डेब्यु गर्दैछ । ऊसँगै अविनाशले पनि डेब्यु गर्दैछन् । मेरा दुई छोरालाई दिनुभएको प्रेम नातिलाई पनि दिनुहोला ।,' धमेन्द्रले लेखेका छन् ।

सन्नी लेख्छन्, 'मेरो छोरो राजवीरले अभिनयको यात्रा सुरू गरेको छ । राजश्री प्रोडक्सनले राजवीर र अविनाशलाई बजारमा ल्याउँदैछ । उनीहरुको यात्रा प्रतिक्षित बनेको छ ।'

युकेमा थियटर पढेका राजवीरले सहायक निर्देशक भएर काम गरेका छन् । राजवीरका दाई करण देओलले 'पल पल दिल के पास'बाट अभिनय यात्रा सुरु गरेका थिए । उनी अब सन्नी र बबी देओलसँग 'अपने–२'मा देखिँदैछन् ।

प्रकाशित : चैत्र १८, २०७७ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीको हिउँदे अधिवेशन चैत २५ देखि

कान्तिपुर संवाददाता

कास्की — गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन यही चैत २५ देखि सुरु हुने भएको छ । प्रदेश सरकारको मंगलबारको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठक आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

एउटा अधिवेशन सम्पन्न भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनु पर्ने व्यवस्था अनुसार प्रदेश सरकारले अधिवेशन बोलाउने निर्णय गरेको हो । गत वर्ष अधिवेशन असोज २६ मा सकिएको थियो । आगामी जेठ १५ देखि बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन लामो समय भने चल्दैन । कांग्रेस र जनता समाजवादी पार्टीले कोरोना लगायतको विषयमा विशेष अधिवेशन माग गरेपछि पुस २१ देखि माघ ६ सम्म विशेष अधिवेशन चलेको थियो ।

मन्त्री बस्नेतले मन्त्रिपरिषद्को बैठकबाट ४ वटा विधेयक पास भएको र अब प्रदेशसभा सचिवालयमा दर्ता हुने बताए । प्रदेशसभा सचिवालयमा अहिले दर्ता भएको वित्तिय उत्तरदायित्त्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मात्र छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्राइभेट फर्म दर्ता नवीकरण, आमसञ्चार र बालबालिका सम्बन्धी विधेयक मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको बताए । ‘सहकारी, वन, सिंचाई र पर्यटक सम्बन्धी विधेयक तयारी अवस्थामा छन्’ उनले भने, ‘यी विधेयकमाथि छलफल भइरहेको छ । सम्बन्धित मन्त्रालयले ड्राफ्ट बनाउँदै छन् ।’

हिउँदे अधिवेशन बढीमा एक महिनासम्म चल्ने बताउँदै उनले संसद् सुरु हुने बेलासम्म चारवटा विधेयक संसद् सचिवालयमा दर्ता हुने र संसद्लाई बिजनेस पुग्ने बताए ।

प्रकाशित : चैत्र १८, २०७७ १५:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×