माग्ने बुढाको 'कमेडी हब' 

काठमाडौँ — हास्यकलाकार केदारप्रसाद घिमिरे 'माग्ने बुढा'को निर्देशनमा हास्य सम्बन्धि टेलिभिजन कार्यक्रम 'कमेडी हब' जेठ ११ देखि प्रशारणमा आउने भएको बुधबार देखि हरेक हप्ता प्रसारण हुने भएको छ।

माग्ने बुढाको 'कमेडी हब' 

हास्यकलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पनामा बनेको कार्यक्रममा हालै महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)सहितलगायतले सुभारम्भ गर्‍यो ।

एक दर्जन बढी नयाँपुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले यो कार्यक्रम निर्माण गर्ने भएको हो । कार्यक्रममा केदारसँगै राजाराजेन्द्र, हिमेश पन्त, सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले हाँस्यव्यंग्य प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा उपस्थित कलाकार अभिनेता दीपकराज गिरीले पछिल्लो समय नेपालमा हास्यव्यंग्य विधालाई रुचाइन थालेको बताए । त्यस्तै अभिनेता मनोज गजुरेलले हसाउनु, सामाजिक र एकताको सन्देश दिनु हाँस्यव्यंग्यको उद्देश्य रहेको बताए। कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविताका विधा समेटिने बताइएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?