२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

मिस नेपाल-२०२२ का प्रतिस्पर्धीलाई स्यास वितरण 

काठमाडौँ — मिस नेपाल २०२२ का शीर्ष २४ प्रतिस्पर्धी घाेषणा गर्दै आयोजक 'द हिडन ट्रेजर'ले 'स्यास' वितरण गरेको छ । कार्यक्रममा प्रतिस्पर्धीले कन्टेस्टेन्ट नम्बर पनि रोजेका छन् । 

मिस नेपाल-२०२२ का प्रतिस्पर्धीलाई स्यास वितरण 

एक हप्ताको ग्रुमिङबाट आकृति शाह, आस्रुति सुवेदी, आयुस्नाेभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना,अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जाेशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी, यशस्वी श्रेष्ठले अन्तिम २४ काे यात्रा तय गर्न सफल भएका हुन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा मिस नेपाल नम्रता श्रेष्ठ, मिस अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रा नेशनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्माले प्रतिस्पर्धाीहरुलाई स्यास वितरण गरेका हुन् ।

आउँदो असार ४ गते मिस नेपालकाे अन्तिम प्रतिस्पर्धा हुने जनाइएकाे छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?