कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिल्मफेयर अवार्ड मनोनयनमा 'लुडो' र 'थप्पड'को वर्चस्व

बलिउड फिल्म 'लुडो' र 'थप्पड' फिल्मफेयर अवार्ड २०२१ को मनोनयनमा अगाडि देखिएका छन् । लुडो ८ र थप्पड ७ विधामा मनोनित भएका छन् ।

फिल्मफेयर अवार्ड मनोनयनमा 'लुडो' र 'थप्पड'को वर्चस्व

उत्कृष्ट फिल्ममा तानाजी, लुडो, थप्पड, गुञ्जन सक्सेना र गुलाबो सिताबो परेका छन् । उत्कृष्ट निर्देशकमा ओम राउत (तानाजी), अनुराग वसु (लुडो), अनुभव सिन्हा (थप्पड), सुजीत सरकार (गुलाबो सिताबो) र शरन शर्मा (गुञ्जन सक्सेना) मनोनित छन् ।

उत्कृष्ट अभिनेतामा तानाजीका लागि अजय देवगन, लुडोका लागि राजकुमार राव, गुलाबो सिताबोका लागि अमिताभ बच्चन, शुभमंगल ज्यादा सावधानका लागि आयुश्मान खुराना, अंग्रेजी मिडियमका लागि इरफान र दिल बेचाराका लागि शुसान्त सिंह राजपुत मनोनित छन् । यस्तै अभिनेत्रीमा छपाकका लागि दीपिका पादुकोण, गुञ्जन सक्सेनाका लागि जाहन्वी कपुर, पंगाका लागि कंगना रनावत, सकुन्तला देवीका लागि विद्या वालान र थप्पडका लागि तापसी पनु मनोनित छन् ।

प्रकाशित : चैत्र १३, २०७७ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?