राष्ट्रिय सभा निर्वाचन

आयोगले प्रकाशित गर्‍यो राष्ट्रिय सभाका उम्मेदवारको अन्तिम नामावली

निर्वाचन आयाेगले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ । आयाेगले उम्मेदवारहरुलाई चुनाव चिन्हसमेत दिएकाे छ ।

राष्ट्रिय सभा निर्वाचन : प्रदेश‍-५ मा ३ सदस्यका लागि ९ उम्मेदवार 

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश–५ बाट ९ जनाको उम्मेदवारी दर्ता भएको छ । विभिन्न पार्टीका उम्मेदवारले आइतबार जुलुश र झाँकीसहित घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नाम दर्ता गराए ।

गण्डकीमा कांग्रेसले पनि गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा कांग्रेसबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी दर्ता गरेका छन् । रेग्मीले अन्य समूह र गौचनले महिलाबाट आइतबार गण्डकी प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दिएका हुन् ।

प्रदेश ३ मा नेकपासहित कांग्रेस र नेमकिपाले गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश ३ मा सत्तारुढ नेकपा तथा नेपाली कांग्रेस एवं नेमकिपाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश ३ मा २ सदस्यका लागि हुन लागेको निर्वाचनमा नेकपाको तर्फबाट गंगा बेल्बासे तथा बेदुराम भुषालले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय सभा निर्वाचन : प्रदेश–२ मा नेकपा र राजपाले दर्ता गरे संयुक्त उम्मेदवारी 

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश–२ मा सत्तारुढ नेकपा र राजपाले संयुक्त रुपमा निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् । ४ सदस्यका लागि हुने निर्वाचनमा नेकपा र राजपाले २/२ सिटमा तालमेल गरेका छन् । 

राष्ट्रिय सभा निर्वाचन : नेकपा प्रवक्ता श्रेष्ठले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकी प्रदेशको निर्वाचनका कार्यालय पोखरामा पुगेर प्रवक्ता श्रेष्ठले आइतबार मध्याह्न उम्मेदवारी दर्ता गरेका हुन् । उनले अन्यबाट उम्मेदवारी दर्ता गरेका हुन् ।
ADVERTISEMENT
ADVERTISEMENT

यसरी छानिए राष्ट्रिय सभामा कांग्रेसका १६ उम्मेद्वार

प्रतिपक्षी नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि राष्ट्रिय सभा निर्वाचनका लागि १६ उम्मेद्वार चयन गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बिहान बसेको पदाधिकारी बैठकले ९ माघमा हुने निर्वाचनका लागि ७ प्रदेशबाट गरी १६ उम्मेद्वार छानेको हो । 

राष्ट्रिय सभाको उम्मेदवारी मनोनयन आइतबार

राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । दुईवर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पद निर्वाचनबाट र एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएर पदपूर्ति हुनेछ । १८ जनाको चयनका लागि माघ ९ मा निर्वाचन हुन लागेको हो ।

कांग्रेस–समाजवादीबीच राष्ट्रिय सभा उम्मेद्वारीका लागि सहमति

आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएकाे छ । शुक्रबार भएकाे सहमति अनुसार प्रदेश–२ मा हुने ४ पदको निर्वाचनका लागि कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक र समाजवादीका तर्फबाट दलित र अन्य पदमा उम्मेद्वारी दिने सहमति भएको छ ।

गुटका आधारमा नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेद्वार

सत्तारुढ नेकपाले राष्ट्रियसभा निर्वाचनका लागि पूर्व समूहका आधारमा उम्मेद्वारहरुको टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले नेकपाका १६ उम्मेद्वारको टुंगो लगाएको हो । जसमा पूर्व एमालेबाट ९ र पूर्व माओवादीबाट ७ जना छन् । त्यसमा पनि नेतापिच्छे गुटका आधारमा भागबन्डा गरिएको छ ।