कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभापतिलाई बिदाइ गर्नुपर्छ : महामन्त्री कोइराला

दीपक परियार

पोखरा — कांग्रेस महामन्त्री शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको बिदाइ गर्नुपर्ने बेला आएको बताएका छन् ।
शुक्रबार पोखरामा कांग्रेस नेता शुक्रराज शर्माको पुस्तक ‘कांग्रेसमा संकल्पित ५२ वर्ष’ को चर्चा परिचर्चा कार्यक्रममा कोइरालाले कांग्रेसमा एकता कायम हुन आवश्यक रहेको बताए । 

सभापतिलाई बिदाइ गर्नुपर्छ : महामन्त्री कोइराला

कर्‍याङकुरुङ चराको कथा सुनाउँदै कोइरालाले भने, ‘कर्‍याङकुरुङ चरा एकताबद्ध भएर ‘भी’ आकारमा उड्दा हावाको वेग ७५ प्रतिशत कम हुन्छ । त्यसैले आफ्नो गन्तव्यमा पुग्छन् । सबैभन्दा अगाडिको हाँसमा सतप्रतिशत वेग आएको हुन्छ । हाँस जब थाक्छ उ पछाडि पंक्तिमा जान्छ र अर्कोलाई ठाँउ दिन्छ । नेपाली कांग्रेसमा पनि अब परिवर्तनको समय आएको छ । सभापति ज्यूलाई हामीले बिदाइ गर्नुपर्छ ।’


कांग्रेस एक भए सबै कम्युनिष्ट एक भएपनि हराउन नसक्ने कोइरालाले बताए । ‘जतिसुकै कम्युनिष्ट एक ठाउँ हुन्, हामी एकजुट भएमा कांग्रेसलाई कसैले हराउन सक्दैन,’ उनले भने, ‘कांग्रेसको विकल्प कांग्रेस नै हो ।’


महामन्त्री कोइरालाले आफूलाई पदको कुनै लोभलालच नभएको बताए । सरकारमा रहेकामा रहेको दुई तिहाइको दम्भका कारण कुनै सपना पूरा गर्न नसकेको कोइरालाको भनाइ छ ।

प्रकाशित : माघ ३, २०७६ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?