दिलीप हत्यामा पक्राउ परेकालाई म्याद थप

दिलीप महतोको हत्या आरोपमा पक्राउ गरिएका चार जनाविरुद्ध मुद्दा अघि बढाउन प्रहरीले धनुषा जिल्ला अदालतबाट आइतबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद लिएको छ । धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा स्थानीय २४ वर्षीय महतोको गत शुक्रबार बिहान हत्या भएको थियो ।

राजनीतिक आडमा क्रसरको मनपरी

धनुषाको बडहरी खोला दोहनको गुनासो बढेपछि २०७६ वैशाख १७ मा अनुगमन गर्न सरकारी टोली पुग्दा भागाभाग मच्चियो । वडा कार्यालयको सिफारिसमा व्यक्तिगत पोखरी खन्न इजाजत लिएका क्रसर सञ्चालक मनोज महतोले खोला दोहन गरेका थिए । 

दिलीप हत्या आरोपमा चार पक्राउ

धनुषामा टिपरले किचेर दिलीप महतोको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। हत्यामा संलग्न रहेको आशंकामा लोडर चालक महोत्तरी बर्दिबास बिजलपुराका २२ वर्षीय जितेन्द्र कुमार महतोलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए।

दिलीप महतोलाई जानीजानी टिपर प्रयोग गरेर मारिएको देखिन्छः डीआईजी कार्की

अवैध उत्खनन्‌को विरोध गर्दा  टिपरले किचेर हत्या गरेको आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोलाई जनकपुरबाट शनिबार बिहान पक्राउ गरेको छ । जनकपुरको मिल्स एरियास्थित ससुरालीमा लुकेर बसेका महतोलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ ।

खेत र गाउँ बचाउन चाहन्थे दिलीप

भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप)को शुक्रबार बिहान टिपरले किचेर हत्या गरियो । महतो दुई साताअघि मात्र कलेज बिदामा घर फर्केका थिए । महतो बिटेक इन्जिनियरिङको अन्तिम सेमेस्टर पढ्दै थिए ।