२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

युक्रेनी प्रधानमन्त्रीले दिए राजीनामा

एपी

किभ,युक्रेन — युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चारुकले शुक्रबार राजीनामा बुझाएका छन् । आफ्नो देशका राष्ट्रपति देशको आर्थिक अवस्थाबारे जानकार नरहेको भन्दै उनले बोलेको अडियो टेप सार्वजनिक भएपछि उनलाई राजीनामा दिन दबाब परेकाे थियाे ।

युक्रेनी प्रधानमन्त्रीले दिए राजीनामा

प्रधानमन्त्री ओलेक्सी होन्चारुकको फेसबुक पोस्टका अनुसार उनले राष्ट्रपति भोलोदिमिर जिलेन्स्कीलाई राजीनामा पेस गरेका छन् । राष्ट्रपति र आफूबीच थप वादविवाद नहोस् भन्दै आफूले राजीनामा पत्र राष्ट्रपति सामु बुझाएको कुरा उनको पत्रमा उल्लेख छ ।

अघिल्लो साता राष्ट्रपति जिलेन्स्की देशको आर्थिक अवस्थाबारे बेखबर रहेको भन्दै होन्चारुकले बोलेको अडियो टेप सार्वजनिक भएको थियो ।

होन्चारुकले भने आफ्ना पुराना रेकर्डिङहरु जोडजाड गरेर अज्ञात समूहले आफूले राष्ट्रपतिलाई सम्मान नगरेकाे जस्ताे देखाउन खोजेको बताएका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘यो सत्य हैन । म हाम्रो राष्ट्रपतिको कदर गर्छु र सधैं देशको भलो होस् भन्ने चाहन्छु ।’

बिहीबार मात्रै विपक्षी पार्टीका न्यायाधिशहरुले राष्ट्रपतिको अवहेलना गरेको भन्दै होन्चारुकको राजीनामाको माग गरेका थिए । सत्तारुढ पार्टीले भने होन्चारुकको राजीनामा आवश्यक नरहेको बताउँदै आएका थिए ।

प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्ने कि नगर्ने भन्ने सन्दर्भमा युक्रेनी संसदले चुनाव गर्नुपर्ने हुन्छ । जिलेन्स्कीको कार्यालयले पनि होन्चारुकको राजीनामा पत्र आएको र त्यसलाई छिट्टै हेर्ने बताएका छ ।

होन्चारुक संलग्न यो घटनाले फरक राजनीतिक शक्तिहरुले प्रधानमन्त्रीको पदका लागि लडाइँ गरेको त्यहाँको पेन्टा थिंक ट्यांकका प्रमुख भ्लोदमिर फेसेन्कोले एपीलाई बताएका छन् । यधपि उनले प्रधानमन्त्रीको राजीनामा स्वीकृत नुहने दाबी गर्दै भनेका छन्, ‘जिलेन्स्कीले होन्चारुकलाई गुमाउन चाहँदैनन् ।’

प्रकाशित : माघ ३, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?