भिजिविलिटी कम भएपछि अन्तर्राष्ट्रिय विमान अवतरणमा समस्या

काठमाडौँ — माैसमकाे खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही अन्तर्राष्ट्रिय उडानहरुले ओवर सुट गरेका छन् ।
थाइलाइनको विमान भिजिविलिटी कम भएका कारण अवतरण गर्न नसक्दा कलकत्ता डाइभर्ट गरिएको छ । यस्तै कतार एयरवेजको विमान पनि भिजिविलिटी कम भएको कारण आकशमै हाेल्डमा छ ।
त्रिभुवन विमानस्थलका टीडीओ अर्थात् टर्मिनल ड्युटी अफिसरका अनुसार एकैछिनमा भिजिविलिटी कम हुने एकै छिनमा खुल्ने भइरहेको छ । यसका कारण जाहजहरु अवतरण र उडानमा अन्योल कायम छ । हिजो साँझदेखि माैसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित भएको हो ।
प्रकाशित : माघ ३, २०७६ १६:०८