पर्यटक बाेकेको बस र ट्रक ठोक्किँदा दुईको निधन (अपडेट)

चितवन — नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक ठोक्किँदा दुईजनाको निधन भएको छ । काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा १ प ७८३ नम्बरको पर्यटक बोक्ने बसले भरतपुर महानगरपालिका-१ मा सोही दिशामा गइरहेको लु २ ख ३३०५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका दुईजनाको उपचारका क्रममा निधन भएको चितवन प्रहरीले जानकारी दिएको छ । मृतकहरुको सनाखत भएको छैन् । दुई जनामध्ये एकजना अन्दाजी ३५/३६ वर्षकी महिला र अर्का २५/२६ वर्षका पुरूष रहेका प्रहरीले जनाएको छ ।
ट्रकलाई ठक्कर दिएपछि बस रामनगरकी शर्मिला मगरको घरमा गएर ठोक्किएको थियो ।
३० जना घाइतेमा २१ जना चिनियाँ नागरिकहरू छन् । घाइतेहरूको भरतपुरको सरकारी अस्पताल र दुवै मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : माघ ३, २०७६ १४:५४