२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सडक बढार्दै मेची-महाकाली

लमजुङ — काठमाडौंमा सडकका धुलो फाल्नुसम्म फाले । अभियानमा सहभागिता कम हुँदै गयो । तर, सफा गर्न छाडेनन् । ‘बिहान सफा गरेको सडक भरे फोहोर हुन्थ्यो । तैपनि हामीले सफा गरिरह्यौं,’ सडक सफा गर्दै लमजुङ आइपुगेकी ४३ वर्षीया सुशीला महर्जनले भनिन् ।

सडक बढार्दै मेची-महाकाली

सिमसिमे पानीमा बिहीबार बिहान सेतो एप्रोन लगाएर उनीहरूले सदरमुकाम बेंसीसहर सडक बढारे । बजारबासीले हेरिरहे । ‘हामी बन्दीपुर, दमौली र पोखराका सडक सफा गरेर बेंसीसहर आएका हौं,’ महर्जनले भनिन्, ‘यो मेची–महाकाली सरसफाइ अभियान हो ।’ उनका अनुसार ६ समूहमा सय स्वयंसेवक छन् । लमजुङ आएको ३ नम्बर ग्रुप हो । पुस १३ गतेदेखि सुरु मेची–महाकाली सरसफाइ यात्राका क्रममा ६३ नगरपालिकाका सडकका धुलो बढारेको उनले बताइन् ।


‘जहाँ फोहोर बढेको छ, हामी त्यहीँका सडक सफा गर्दै छौं,’ उनले भनिन् । २०७४ देखि बाहिरी देशमा गएर सडक सरसफाइ गरेको उनले सुनाइन् । ‘हामी बंगलादेश गएर २ महिना सफा गर्‍यौं । श्रीलंकामा पनि सरसफाइ गरेर फर्कियौं,’ उनले भनिन्, ‘पछिल्लो समय २५ दिन भारतको दिल्लीमा सफा गर्‍यौं ।’


सरसफाइमा सहभागी राजमान मानवले बेंसीसहरको सेराचोकदेखि नारायणस्थान चोक र भीमसेनस्थान चोक हुँदै मनाङे चौतारासम्मका मूल सडक बढारेर फोहोर व्यवस्थापन गरे । नेवाः लहनाका म्यानेजर मोनिस महर्जनले सरसफाइप्रति सर्वसाधारणलाई जागरुक गराउन अभियान थालिएको बताए ।

प्रकाशित : माघ ३, २०७६ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?