सवा अर्बमा उखु किसानले १३ करोड मात्रै पाए

उद्योगीले माघ ७ भित्र सबै रकम भुक्तानी गरिसक्ने सरकारसँग सम्झौता गरे पनि सवा अर्बमध्ये उखु किसानले करिब १४ करोड रुपैयाँ मात्रै पाएका छन् । भुक्तानीको समय सकिन ५ दिन मात्रै बाँकी छ । महालक्ष्मी र अन्नपूर्ण सुगर मिलले न्यून मात्रामा भुक्तानी गरे पनि अन्यले नदिएको नेपाल उखु उत्पादक महासंघले जानकारी दिएको छ ।

आन्दोलनरत किसान बिरामी पर्दै, आयोग सुन्दैन

उखुको भुक्तानी माग्दै रौतहट र सर्लाहीका किसान दुई सातादेखि राजधानीमा धर्नामा छन् । चिसो र वर्षालाई समेत बेवास्ता गर्दै उनीहरू आफूले कमाएको रकम माग्न संघर्षरत छन् । खानेबस्ने टुंगो छैन । चिसोकै कारण पाँच जना किसान बिरामी परिसके । तर किसानकै अधिकार सुनिश्चत गर्न सरकारी स्तरबाट स्थापित किसान आयोग यस विषयमा मौन छ । 

चिसोमा उखु किसान : मण्डलादेखि सुकुम्बासी बस्तीसम्म (भिडियो)

बुधबार दिउसो १२ बजेको पारिलो घाम । चिनी मिलले पैसा नदिएर हैरान भएका सर्लाहीका उखु किसान ब्यानरसहित माइतीघर मण्डलामा धर्ना बसिरहेका थिए । धर्नाको दसौं दिन आन्दोलनरत उखु किसानको संख्या थपिइरहेको थियो ।

उधारोमा उखु : मालिकलाई मस्ती, किसानलाई सास्ती

नगदे बालीको रुपमा रहेको उखु चिनी उद्योगलाई उधारोमा बेच्नुपर्ने र समयमा पैसा प्राप्त नहुने कारणले गर्दा जिल्लाको दक्षिणी क्षेत्रका किसानको बिजोग छ । दिनभरी खेतमा गोडमेल र रेखदेखमै व्यस्त रहने किसान पछिल्लो समय भुक्तानीका लागि आधाभन्दा बढी समय खर्चिरहेका छन् । 

मालिक खोज्दै किसान काठमाडौंमा : भन्छन्- ‘सात वर्षदेखिको पैसा लिनु छ’ 

पैंसट्ठी वर्षको पूरै जीवन उनले गाउँमा बिताए । सर्लाहीको सिसौटिया गाउँ नै हरिहर महतोको संसार हो । त्यहाँ उनको एउटा झुपडी छ र अलिक पर दुई बिघा खेत । महतोले त्यही घर र खेतको दूरी नापेरै जिन्दगी बिताए । बिहान घरबाट खेतमा जाने र साँझ खेतबाट घर फर्किने नित्य क्रम चलिरहँदा देशमा धेरैखाले परिवर्तन भए ।