कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिकाको उपचारका लागि साढे १० लाख सहयोग

नवलपरासी — तातो तेलले पोलेकी २२ महिने बालिकाको उपचारका लागि झन्डै साढे १० लाख रुपैयाँ संकलन भएको छ । बाबुआमाले समसा पकाउन तताएको तेलले डढेकी गैंडाकोटको भृकुटीचोककी सिम्रौन पौडेलको उपचार लागि कावासोती र गैंडाकोटका युवाहरुले  १० लाख ३६ हजार संकलन गरेर सहकारी संस्थामा जम्मा गरिदिएको उनका बाबु कृष्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार छोरी सिम्रौनकै नाममा बिकु बचत तथा सहकरीमा खाता खोलिएको छ ।


सिम्रौनको दुई साताअघि भृकुटीचोकमा ठेलामा समसा पकाउन तताएको तेल पोखिएर शरीर डढेको थियो । उनको अहिले भरतपुरस्थित चितवन मेडिकल कलेजको आइसीयु कक्षमा उपचार भइरहेको छ ।


विपन्न आर्थिक अवस्थाकी सिम्रौनको उपचारमा सहयोग जुटाउन युवाहरुले सिम्रौन बचाउ अभियानसहित घरदैलो गरेका थिए ।


पीडित बालिकाको सोमबार शल्यक्रिया गरिएको छ । पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था निकै सुधार भइरहेको छ । सिम्रौनको उपचार खर्च अभावबारे कान्तिपुर डेल्ली अनलाइनमा समाचार प्रकाशन भएपछि सहयोग रकम जुटेको हो भने अस्पतालले नि:शुल्क उपचार गर्ने घोषणासमेत गरिसकेको छ ।


सिम्रौनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकोले कम्तीमा ३ हप्ता उपचारमा राख्नुपर्ने अस्पतालले जनाएको छ ।

प्रकाशित : माघ १७, २०७५ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?