१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुई राप्रपाबीच शुक्रबार एकता

काठमाडौँ — पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई राप्रपाबीच शुक्रबार एकताको घोषणा हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच बिहीबार एकीकरणको आधारपत्रमा हस्ताक्षर भएसँगै एकताको टुंगो लागेको हो ।

दुई राप्रपाबीच शुक्रबार एकता

एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राख्ने सहमति बनेको छ । चुनाव चिह्न 'हलो' हुने भएको छ ।


पार्टी एकता घोषणाका लागि शुक्रबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम तय गरिएको छ । एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने, महाधिवेशन नहुञ्जेलसम्मका लागि समान हैसियतमा दुई अध्यक्ष रहने आधारपत्रमा उल्लेख छ ।


मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यले एकीकरण गर्न लागिएको नेताहरुले बताएका छन् । एकीकृत पार्टीको वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र उदारवाद हुने उल्लेख छ । नीति र सिद्धान्त भने सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सांपेक्ष हिन्दू राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थत्नत्र र असंलग्न परराष्ट्र नीति हुने जनाइएको छ ।


महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि दुवै अध्यक्ष रहेको निर्देशन समिति बनाइने छ ।


प्रकाशित : माघ १७, २०७५ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?