कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारको कामले संसार आश्चर्यचकित : प्रधानमन्त्री 

अर्जुन राजवंशी

दमक — प्रधानमन्त्री केपी ओलीले आफूले एक वर्षमा गरेका कार्यले संसार आश्चर्यचकित भएको दाबी गरेका छन् । उनले आफूले एक वर्षमा असाधारण कार्यहरू गरेको दाबी गरे । ओलीले एक वर्षमा गरेका कामहरूको विवरण विश्व मञ्चहरूमा राख्दा विश्वको ध्यान नेपालतर्फ गएको बताए । 

सरकारको कामले संसार आश्चर्यचकित : प्रधानमन्त्री 

बिहीबार झापाको दमकमा प्रदेश १ स्तरीय ‘बाल महोत्सव’ उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म विश्वका ठूला मञ्चहरूमा गएको छु । राष्ट्रसंघको मञ्चमा गएको छु । डाभोसमा गएर नेपालमा भइरहेका कामहरूबारे जानकारी गराएको छु । हाम्रा काम देखेर संसार आश्चर्यचकित छ ।’ उनले छोटो समयमा कैयौँ कानुनहरू बनाएको, सङ्घीय संरचनालाई पूर्णता दिएको, कर्मचारी समायोजन गरेको उल्लेख गरे ।


प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुकलाई विभिन्न कोणबाट समृद्ध बनाउनेतिर अघि बढेकाले कसैको विरोधले फरक नपर्ने बताए । उनले सरकारको विरोध गर्नेहरूलाई विकासमा अघि बढ्न आग्रह गरे । उनले भने, ‘हामी मुलुक बनाउन अघि बढिरहेका छौँ । सबै मिलेर विकासमा अघि बढौँ । ‘सेन्टिमेन्ट’ मा होइन ।’ उनले सरकारको विरोध गर्नेहरू आफै थाक्ने बताए ।


उनले मुलुकमा सन्तुलित र सरल तरिकाले स्थानीय, प्रदेश र केन्द्रीय सरकार तथा एउटा नयाँ व्यवस्थालाई स्थापित गरेको बताए ।

‌ओलीले आफू नेतृत्वको सरकारले छिमेकीहरूसँगको हैसियत बराबरीको बनाएको दाबी पनि गरे । ‘हामीले छिमेकीहरूसँग हिजोको असमान अवस्थाबाट समान हैसियतको अवस्थामा पुर्‍याएका छौँ’ प्रधानमन्त्रीले भने ।

प्रकाशित : माघ १७, २०७५ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?