नेपाल पहिलो खेलमा यूएईसँग पराजित
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — नेपालले यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य लिएर आएको नेपालले ७ विकेट गुमाई १ सय ३२ रनमात्र बनाउन सक्यो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![नेपाल पहिलो खेलमा यूएईसँग पराजित](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2019/third-party/toss-3112019115338-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
‘डेब्यु’ गरिरहेका सन्दीप जोरा ५३ रन बनाई नटआउट रहे । उनले ४६ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।
प्रदीप ऐरीलाई इनिङ्सको पहिलो बलमा गुमाएको नेपालबाट सोमपाल कामी २७ र कप्तान पारस खड्का २५ रनमा आउट भए । यूएईका कप्तान मोहम्मद नाभिद, सुल्तान अहमद र जाहुर खानले २–२ विकेट लिए ।
यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो र युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५३ रन बनाएको थियो ।
साइमन अनवरले युएईबाट सर्वाधिक ५९ रन बनाए । ३८ बल खेली ५ चौका र २ छक्का प्रहार गरेका उनलाई ‘डेब्यु’ गरिरहेका अविनाश बोहराले बोल्ड गरे । मोहम्मद उस्मान ३०, सीपी रिजवान २२ रनमा आउट भए ।
नेपालबाट सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ तथा सोमपाल र अविनाशले १–१ विकेट लिए । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)