कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मनमोहन मेमोरियल लिग : फाइनलमा आर्मीविरुद्ध पुलिस

इटहरी — मनमोहन मेमोरियल लिग (एमएमएल) एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधिका लागि साबिक विजेता त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

मनमोहन मेमोरियल लिग : फाइनलमा आर्मीविरुद्ध पुलिस

इनरुवा रंगशालामा बिहीबार दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिसले आर्मीसँगको भेट पक्का गरेको हो । आर्मी अघिल्लो दिन प्रदेश ३ लाई हराएर उपाधि रक्षाको अभियानमा पुगेको थियो ।


गत वर्ष पनि आर्मी र पुलिस नै फाइनल पुगेका थिए । पुलिसलाई यसपालि आर्मीसँग बदला लिने अवसर मिलेको छ । पुलिसले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १ सय ३० रनमात्र जोड्‌न सक्यो । पुलिसका स्पिनर सागर ढकालले ५ विकेट लिएपछि सुदूरपश्चिम ३३.४ ओभरमा अलआउट भयो । ६.४ ओभरमा उनले १ मेडन राख्दै ९ रन दिए ।

ललितनारायण राजवंशीले ३ विकेट लिए । ललितसिंह भण्डारी र योगन्द्रसिंह कार्कीले समान १ विकेट हात पारे । सुदूरका किरण ठगुन्नाले ३९, आकाश चन्दले २३, खड्क बोहराले १४ र गजेन्द्र बोहराले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसिया ११ माथि सहज जित निकालेको सुदूरपश्चिमले पुलिससँग भने राम्रो प्रर्दशन गर्न सकेन ।


टस जितेर ब्याटिङ गरेको पुलिसले ४९ ओभरमा सबै विकेट गुमाई २ सय २९ रन बनायो । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६८ रन बनाए । उनले ६ चौका र एक छक्का प्रहार गरे । ललितसिंह भण्डारीले ४० रन, अनिल शाहले ३१, योगेन्द्रसिंह कार्कीले २९ र कुशल भुर्तेलले १७ रनको इनिङ्स खेले । ललितले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।


सुदुरपश्चिमका शेर मल्ल, आकाश चन्द र विनोद लामाले समान ३ विकेट लिए । सन्तोष भट्टले थप १ विकेट हात पारे । पुलिसका सागर ढकाल उत्कृष्ट खेलाडी घोषित भए । शनिबार हुने फाइनल विजेताले ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : माघ ३, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?