सुम्निमा चाम्लिङ

सुम्निमा चाम्लिङका लेखहरु :

सुनसरीको कोशी गाउँपालिकामा कांग्रेसका अन्सारी र यादव विजयी

सुनसरीको कोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसका एयुब अन्सारी ६ हजार ४ सय १६ मत सहित विजयी भएका छन् ।

सुनसरीको भोक्राहा नरसिंहमा कांग्रेस विजयी

भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अजमल अख्तर मियाँ र सुनिता कुमारी उराँव निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित मियाँले ४ जार ९ सय ९३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्रप्रसाद यादवले ३ हजार ६ सय ५५ मत प्राप्त गरे ।

सुनसरीका सीमावर्ती क्षेत्रमा ६२ किमी सिल

स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सुनसरीसँग जोडिएको भारतीय सिमानाको ६२ किलोमिटरसम्म क्षेत्र सिल गरिएको छ । अन्तर्राष्ट्रिय सीमा रेखा मानिने दशगजा क्षेत्रका कतिपय स्थानमा वारि र पारि नजिकै छिमेकी भएर बसेका बस्ती छन् ।

बागी उम्मेदवारको रहस्यमय मृत्यु

नेपाली कांग्रेसले वडाध्यक्ष पदका लागि टिकट नदिएपछि सुनसरीको रामधुनी–८ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेल शनिबार झुन्डिएको अवस्थामा फेला परेका छन् ।

निर्वाचनका कारण सुनसरीमा रगत संकलन न्यून

स्थानीय तहको निर्वाचनको कारण तीन सातादेखि जिल्लामा आवश्यक मात्रामा रगत उपलब्ध हुन छाडेको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाका अनुसार चुनावका कारण रक्तदान कार्यक्रम नहुँदा रगत अभाव हुने देखिएको हो । उनले भने, ‘रगत अभाव हुन नदिन घुम्ती डोनेसनको काम भइरहेको छ । थोरै समूहबाट भए पनि रगत संकलन गरेर आपूर्ति व्यवस्था गर्दै आएका छौं ।’ 

इटहरीमा एमालेलाई विरासत जोगाउन गठबन्धन चुनौती

इटहरी उपमहानगरपालिकामा मुद्दाभन्दा बढी प्रतिष्ठाको लडाइँ छ । सत्ता गठबन्धनलाई तालमेलको बल छ भने एमालेसँग विगतको विरासत छ । एकातिर तालमेल र अर्कातिर विरासतका कारण मतदान गर्ने दिन नजिकिँदै जाँदा स्थानीय चुनाव रोमाञ्चक बन्दै गएको छ । उम्मेदवारहरू आआफ्नो मतभारको हिसाबकिताबमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा भने ओझेलमा परेको छ । 

विराटनगरमा गठबन्धनलाई सकस

सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुने र त्यसमा पनि महानगर र उपमहानगरको टुंगो केन्द्रले गर्ने भनिएपछि विराटनगर महानगरपालिकामा सत्ता साझेदार दलमा चुनावी सरगर्मी खासै रन्केको छैन । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेता–कार्यकर्तामा प्रमुख र उपप्रमुख कसको भागमा पर्ने भन्ने अन्योल छ । ती दलका कार्यकर्ता उम्मेदवारको नामको पर्खाइमा छन् ।

सगरमाथा युथले जित्यो इटहरी गोल्डकप

सगरमाथा युथ क्लब मोरङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ । इटहरी रगंशालामा शनिबार सगरमाथाले ४–३ गोलको जित निकाल्दै १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप ट्रफी उचालेको हो ।

दुवैको इतिहास रच्ने दाउ

इटहरी गोल्डकप फुटबलको उपाधि कसको पोल्टामा पर्ला त्यो शनिबारकै खेलले निधो गर्नेछ । इटहरीमा जारी १२ औं आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले सगरमाथा युथ क्लब मोरङविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आर्मी उपाधि रक्षा गर्ने दाउमा छ भने घरेलु टोली सगरमाथा इतिहास रच्ने तयारीमा छ ।

सगरमाथासँग मनाङ स्तब्ध

मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मोरङको सगरमाथा युथ क्लब बिहीबार १२ औं अन्तर्राष्ट्रिय कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ ।