‘ए’ डिभिजन लिग : शुक्रबारदेखि सातौँ चरणका खेल 

रासस

काठमाडौँ — शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सातौँ चरणका खेल शुक्रबारदेखि सुरु हुँदैछ । एन्फाले जारी गरेको सातौँ चरणको खेल तालिका अनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ ।

‘ए’ डिभिजन लिग : शुक्रबारदेखि सातौँ चरणका खेल 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपरान्ह ३ बजेपछि सुरु हुनेछ ।


मछिन्द्र आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा छ । यसअघि खेलेको छैटौँ खेलसम्म मछिन्द्रले अपराजित रहेर १३ अंक जोडेको छ । मछिन्द्रले चार खेलमा जीत तथा दुई खेलमा बराबरी खेलेको छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा छ । १३ औँ स्थानको शेर्पाले ६ खेलमा दुई हार र ४ बराबरीसहित ४ अंक जोडेको छ ।


त्यसैगरी समान १३ अंक नै जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ भने साविक विजेता मनाङ मर्साङ्दी तेस्रो स्थानमा छ । मनाङको १२ अंक छ । छैटौँ चरणको खेल समाप्तिसँगै १० अंक जोडेको थ्रिस्टार क्लब चौथो, ९ अंक जोडेको जावलाखेल क्लब पाँचौँ, ८ अंक जाडेको न्यूरोड टिम (एनआरटी) छैटौँ, समान ८ अंक नै जोडेको नेपाल पुलिस क्लब सातौँ तथा ८ अंक नै रहेको संकटा क्लब गोलअन्तरका आधारमा आठौँ स्थानमा छ ।


त्यस्तै, ७ अंकका साथ ब्रिगेड ब्वाइज क्लब नवौँ, ६ अंकका साथ च्यासल युथ क्लब दशौँ, ५ अंक रहेको सशस्त्र प्रहरी बल (एपीएफ) एघारौँ, समान ५ अंक नै जोडेको फ्रेन्डस क्लब बाह्रौँ स्थानमा छ भने हिमालयन शेर्पा तेह्रौँ स्थानमा छ । जारी लिगमा १ अंक मात्र जोडेको सरस्वती युवा क्लब अन्तिम स्थानमा छ ।

प्रकाशित : माघ २, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?