कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राकृतिक प्रकोप नियन्त्रणको तयारीमा दक्षिण एसिया कमजोर

काठमाडौँ — दक्षिण एसियाको प्राकृतिक प्रकोपबारे अध्ययन गरिरहेका अमेरिकी प्राध्यापक माइकल रेमबोल्डले यो क्षेत्र प्राकृतिक प्रकोपको जोखिमा रहेकाले तयारी शसक्त हुनपर्ने बताएका छन् ।

प्राकृतिक प्रकोप नियन्त्रणको तयारीमा दक्षिण एसिया कमजोर

उनले यो क्षेत्र अन्यको तुलनामा थप जटिल रहेको र फरक फरक प्रकारको समस्या रहेको बताउदै अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताए ।


दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मुलुकहरुले यसको समानाको लागि आफ्नै प्रकारको तयारी गर्न उनले सुझाए । भुकम्प, बाढिपहिरो, हावा–हुरी नै यहाँको समस्या हुन । हुनत यस्ता समस्याहरु अन्य मुलुकमा पनि परिरहेको भएपनि यहाँ फरक प्रकृतिको रहेको बुझाई उनको अनुसन्धान समुहले बताउने गरेको सुनाए ।


अमेरिकाको पूर्वि एसियाली रणनीतिक अध्ययन केन्द्र (नेसा) र दक्षिण एसियाली अध्ययन केन्द्र (सीसास) को संयुक्त सहकार्यमा बुधबार राजधानीमा आरम्भ भएको दुई दिने ‘दक्षिण एसियाली प्रकोपप्रति सम्वोधन’ नामक कार्यशालामा अमेरिकी प्राध्यापकले यस्तो धारणा राखेका हुन् । दक्षिण एसियाका सबै मुलुकका थिंक ट्यांक र सरकारी अधिकारीसमेत उपस्थित उक्त कार्यशालामा सार्क महासचिव अम्जद हुसेन बी सियालले हिमालय क्षेत्रमा रहेका छ मुलुक भुकम्पको जोखिमा रहेको बताउदै अन्य प्रकोप पनि उत्तिकै रहेको बताए ।


नेपाल, अफगानिस्तान, भुटान, भारत, बंगलादेश र पाकिस्तान भूकम्पीय जोखिममा रहेको उनले बताए । श्रीलंका, माल्दिभ्स र बंगलादेशको केही क्षेत्र सुनामीको जोखिममा रहेको समेत उनले बताउदै यसबाट कम जोखिम र मानविय क्षति कम गर्न सार्कले आफ्नो तर्फबाट सहकार्य गरिरहेको बताए । यसअघि भएका क्षतीको विवरणहरु समेत प्रस्तुत गर्दै महासचिवले भएका प्रयासहरु सुनाएका थिए । उनले सुरक्षा र अन्य विषयमा समेत सहकार्य गर्दै अघि बढ्न पर्नेमा जोड दिए । सार्कको शिखर सम्मेलनमा भएका सहमतिहरु कार्यावन्यन गर्दै जादा यसमा समस्या नहुने उनले बताए । बंगलादेशका थिंक ट्याकमा सक्रिया सौकत मुनिरले प्राकृतिक प्रकोपको साझा प्रयास बारे आफ्नो धारणा राखेका थिए ।


उनीहरुले यस्तो प्राकृतिक प्रकोपमा सुरक्षा निकाय आरम्भमा नै परिचालन गर्ने वा अन्तिम रुपमा उपयोग गर्ने भन्ने बहस पनि चलेको थियो । अधिकांशले आपत पर्दा सुरक्षा निकाय परिचालन हुनु स्वभाविक भएको बताए । तर, त्यस्तो समयमा उनीहरुको छुट्टै युनिट राखेर काम गर्न पर्ने सुझाएका छन । जुन अभ्यास अन्तराष्ट्रिय स्तरमा नै अघि बढेको पनि बताइएको छ ।


अमेरिकी अनुभवमा भने सुरक्षा निकाय अन्तिम चरणमा उपयोग गर्न पर्ने देखिए पनि सुरक्षा भित्रै कुनै ‘विङ’ यसमा सक्रिय राखेर अघि बढ्न पर्ने अनुभव स्पष्ट पारेका थिए । सीसासका प्रमुख डा. निश्चलनाथ पाण्डेले नेपालमा महाभुकम्प पछिको अवस्था र अहिलेसम्म पुन: निर्माण हुन नसकेको विषयलाई जोडेका थिए । उनले भुमक्प पछि मानविय उद्धामा भएको सहकार्य उल्लेख गर्न लायक रहेको पनि बताए । तर, प्राकृतिक प्रकोपको समयमा हुने तयारी सुुन्य प्राय रहेको अनुभव उनले बताए ।


सिसासका अध्येता महेश भट्टले बाढि, डुवान र नेपाल भारत सम्वन्धलाई उजागर गर्दै समस्याको समाधान सहकार्य नै रहेको सुझाएका थिए । त्यस्तै श्रीलंका, अफागनिस्तान र बंगलादेशका अधिकारीहरुले पनि प्राकृतिक प्रकोप विरुद्ध जुध्न सहकार्यको विकाल्प नभएको बताए ।


सामाजिक संजालबाट समेत सचेत गराउन सकिने र उच्च प्रविधिहरुको उपयोग गर्दै प्राकृतिक प्रकोप र बच्ने उपाय सुझाउन सकिने बताईको छ । प्राकृतिक अलवा अन्य सुरक्षा र प्रकोप बारे समेत छलफल भएको थियो । त्यसमा रोहिंगाको विषय पनि पर्ने बताइएको छ । यसमा विहिबार विस्तृत छलफल हुने सहभागि भट्टले बताए ।


प्रकाशित : माघ १७, २०७४ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?