कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पाकिस्तानमा शक्तिशाली भूकम्प

एजेन्सी

इस्लामावाद — पाकिस्तानका विभिन्न भाग प्रभावित हुने गरी बुधबार शक्तिशाली भूकम्प गएको छ । ६.२ म्याग्निच्युड मापन गरिएको भूकम्पमा एक बालकको मृत्यु हुनाका साथै ९ जना घाइते भएको पाकिस्तानी राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।

पाकिस्तानमा शक्तिशाली भूकम्प

अफगानिस्तानको दक्षिणी क्षेत्र जर्ममा केन्द्रविन्दु भएको भूकम्पको धक्का इस्लामावाद, लाहौर, पेशावरलगायत सहर तथा उत्तरी भारतमा समेत महसुस गरिएको थियो ।


दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको बेला शहरमा एक बालकको मृत्यु भएको हो । भूकम्प प्रभावित क्षेत्रमा उद्धारकर्ताको समूह परिचालन गरिएको छ । लसबेला जिल्लाका अस्पतालमा आपत्कालिन स्थितिको घोषणा गरिएको छ । स्थानीय समयानुसार बुधबार मध्याह्न १२:०७ बजे भूकम्प गएको थियो ।

प्रकाशित : माघ १७, २०७४ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?