कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अफ्रिकी मुलुक जिबोटीमा डुंगा डुब्दा १३० बेपत्ता

सिन्ह्वा

अदिस अबाबा — उत्तरपश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा २ डुंगा डुब्दा १ सय ३० आप्रबासी बेपत्ता भएका अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएमले) बुधबार जनाएको छ । 

आइओएमद्वारा जारी प्रेस विज्ञप्तिमा ‘जिबाटीको ओबोक क्षेत्र नजीकै मंगलबार बिहान डुंगा डुब्दा कम्तीमा १ सय ३० आप्रवासी शरणार्थी डुबेर बेपत्ता भएका छन् ।’


आइओएमले २ जनालाई जीवितै उद्धार गरिएको र ३ महिलाको शव भेटिएको जनाएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहे पनि जीवितै हुने सम्भावना नरहेको आइओएमले जनाएको छ । बेपत्ता भएकाहरु कुन देशका थिए भन्नेबारे आइओएमले केही उल्लेख गरेको छैन ।


गरिब इथियोपियाली नागरिकले राम्रो आर्थिक अवसरको खोजीमा बाटो गरेर अरबेली प्रायद्वीपमा छिर्ने गरेका छन् । रेड सी पार गर्ने क्रममा डुबेर वा खाने पानीको अभावमा वर्षेनी हजारौ मानिसले ज्यान गुमाउने गरेका छन् ।

पछिल्ला वर्षमा इथियोपियाली सरकारले रेड सीको मार्ग प्रयोग गरेर यात्रा गर्दा जीवन खतरामा पर्नसक्ने भनी स्थानीय छापा तथा प्रशारण सञ्चारमाध्यममा दिने गरेका सचेतनामूलक विज्ञापनलाई हटाएका छन् ।

प्रकाशित : माघ १६, २०७५ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?