कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रकम मागेर सांसदलाई धम्क्याउने ४ पक्राऊ

लालप्रसाद शर्मा.

पोखरा — प्रदेश सभाका सांसद विन्दुकुमार थापालाई रकम मागेर धम्क्याउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुले थापासँग दुई करोड रुपैयाँ बढी रकम माग गरेको र नदिए ज्यानैसमेत लिने धम्की दिएपछि थापा प्रहरीकोमा उजुरी गर्न पुगेका थिए । उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्रेको हो ।


प्रदेश सभामा कास्कीबाट विजयी हुनसाथ थापालाई फिरौती माग्दै ती युवाले फोन गरेका थिए ।


भारतबाट एउटा र नेपालबाट विभिन्न तीनवटा मोबाईल नम्बरबाट फोन गरेर उनीहरुले रकम मागेका थिए । भारतबाट फोन गर्नेले आफू मनोज पुन भएको र यसअघि रकम नदिदा रुपन्देहीका व्यवसायीको हत्या गरेको भन्दै नेपालमा रहेका साथीभाईलाई उक्त रकम दिनुपर्ने उनले माग गर्दै आएका थिए ।


नेपालका विभिन्न स्थानबाट फोन गर्नेले आफूलाई विवश थापा बताउँदै आए पनि उक्त नाम काल्पनिक रहेको खुलेको छ । पक्राउ पर्नेमा एकजना पर्वत र तीनजना स्याङजाका युवा रहेका छन ।


प्रकाशित : माघ १७, २०७४ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?