१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आर्थिक सहायता रोक्न आयोगको निर्देशन

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अवधिभर आर्थिक सहायता रकम वितरण नगर्न गृह मन्त्रालयलाई बुधबार लिखित निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको स्मरण गराउँदै अर्थ मन्त्रालयलाई समेत आर्थिक सहायता रकम उपलब्ध नगराउन पत्राचार गरेको छ । 

आर्थिक सहायता रोक्न आयोगको निर्देशन

आयोगको बुधबार बसेको बैठकले आर्थिक सहायता वितरणको विवरणसमेत सरकारसँग माग गर्ने निर्णय गर्दै मुख्य सचिवलाई पत्राचारसमेत गरेको छ । गृह र अर्थ मन्त्रालयलाई उक्त विवरण उपलब्ध गराउन पटक–पटक पत्राचार गरिएकोमा हालसम्म पनि प्राप्त नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई नै पत्राचार गरिएको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले बताए ।


राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि माघ १२ देखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ ।

प्रकाशित : माघ १७, २०७४ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?