कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

छुट्टाछुट्टै घटनामा नुवाकोटमा ३ को मृत्यु 

नुवाकोट — विदुर नगरपालिका-२ पाटीपानीमा काटेको रुखले लागेर ८९ वर्षीया युकमारी शाहको मृत्यु भएको छ । स्थानीय गौरीप्रसाद कोइरालाको बारीमा रुख काट्दा हांगाले लागेर शाहको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

छुट्टाछुट्टै घटनामा नुवाकोटमा ३ को मृत्यु 

विनपा-९ कोलनीमा घरको काम गर्ने कामदारको ज्यान गएको छ । बारा सिम्रनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय शिव महतोले विनोद गुरुङको घर निर्माण गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको एसपी कुँवरले बताए । घाइतेको त्रिशूली अस्पतालमा मृत्यु भएको हो ।


त्यसैगरी, तारकेश्वर गाउँपालिका-४ का ५० वर्षीय ईन्द्रबहादुर नेपालीले अम्बाको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १७, २०७४ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?