फोनिज युके पत्रकारिता पुरस्कार चाम्लिङलाई, फोटो पत्रकार तमु पनि पुरस्कृत

काठमाडौँ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता पुरस्कार पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा गोरखापत्र दैनिकका चाम्लिङलाई उक्त पुरस्कार प्रदान गरे । पुरस्कारको राशि ३० हजार रुपैयाँ छ ।
तमु (गुरुङ) सञ्चारकर्मी संघको ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार’ फोटो पत्रकार मिलन तमुलाई प्रदान गरिएको छ ।
पुरस्कारको राशि दश हजार रुपैयाँ छ । पुरस्कृत पत्रकार तमु बेलायतबाट प्रकाशित हुने एभरेस्ट टाइम्समा कार्यरत छन् । मन्त्री पुनले राज्यको मूलधारबाट पछाडि परेका र पारिएका समुदायको आवाज मुखरित गर्ने पत्रकारलाई पुरस्कृत गर्नु सराहनीय विषय भएको बताए ।
प्रकाशित : माघ १५, २०७५ १९:३६