कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाली यू–१९ को प्रारम्भिक टोली

श्रावण ३०, २०७४

काठमाडौं — एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताका लागि नेपालले आइतबार २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रतियोगिता मलेसियामा सेप्टेम्बर ८ देखि १७ सम्म आयोजना हुनेछ ।

अघिल्लो महिना सिंगापुरमा भएको आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा नेपालको वैकल्पिक खेलाडीसमेत गरी रहेका १८ खेलाडीलाई इस्टर्न रिजन प्रतियोगिताका लागि राखिएको छ । ती खेलाडीमा सन्दीप लामिछाने, अनिलकुमार शाह, सन्दीप सुनार, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रकाश केसी, पवन सर्राफ, रोहितकुमार पौडेल, रिजन ढकाल, प्रनित थापामगर, साहव आलम, आदिल खान, आसिफ शेख, किशोर महतो, विक्रम भुसाल, सन्दीप जोरा, रसिद खान र सुशान्तसिंह थापा छन् ।

थपिएका १० खेलाडीमा नन्दन यादव, कमलसिंह ऐरी, सुमित महर्जन, जितेन्द्रसिंह ठकुरी, मिनास थापा, अंकित सुवेदी, हरि चौहान, अविनाश कर्ण, भीम सार्की र रवीन्द्रजंग शाही छन् । नयाँ प्रतियोगिताका रूपमा आएको यस इभेन्टमा नेपालसँगै मलेसिया, सिंगापुर, हङकङ, थाइल्यान्ड, भुटान, म्यानमार र चीनले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई स्थान हात पार्नेले एसीसी यू–१९ एसिया कपमा स्थान पाउनेछन् ।

नोभेम्बरमा हुने बताइएको एसिया कपमा एसीसीको अर्को प्रतियोगिताको शीर्ष दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । टेस्ट मान्यताप्राप्त भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले एसिया कपमा सोझै प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : श्रावण ३०, २०७४ ०७:४०
×