कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौं र मोरङ भिड्ने

श्रावण ३०, २०७४
काठमाडौं र मोरङ भिड्ने

ताप्लेजुङ — पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार सगरमाथा युथ क्लब, मोरङ र चर्च ब्वाइज क्लब, काठमाडौं भिड्दै छन् । सगरमाथाले आइतबार सशस्त्र प्रहरी बल दमकलाई २–१ ले पराजित गर्‍यो ।

सशस्त्रले पहिलो हाफको ३० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको थियो । उसका नवीन लामाले गोल गरेका थिए । तर दोस्रो हाफमा खेलमा पुनरागमन गर्दै सगरमाथाले लगातार दुई गोल गर्‍यो । खेलको ६० औं मिनेटमा बादल गुरुङको कर्नरलाई उपयोग गर्दै मोहन बस्नेतले हेडबाट गोल गरे । त्यसलगत्तै ६२ औं मिनेटमा विनोद केसीले अर्को गोल गर्दै टिमलाई जित दिलाए । सगरमाथाका किपरले सशस्त्रका खेलाडीलाई डि–एरियामा लडाएपछि रेफ्रीले पेनाल्टी अवसर दिएका थिए ।

सगरमाथाका अशोक खवास म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको विजेताले २ लाख ११ हजार र उपविजेताले १ लाख ११ हजार रुपैयाँ हात पार्नेछन् । फाइनल सोमबार हुँदैछ ।

प्रकाशित : श्रावण ३०, २०७४ ०७:४०
×