राप्रपा प्रजातान्त्रिकको सम्मेलन माघ १९ मा- उपत्यका - कान्तिपुर समाचार

राप्रपा प्रजातान्त्रिकको सम्मेलन माघ १९ मा

रासस

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को उच्चस्तरीय कार्य सम्पादन समितिले यही माघ १९ गते प्रदेश नं ३ को सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ । 

पार्टी अध्यक्ष पशुपतिशम्शेर जवराको अध्यक्षतामा केन्द्रीय कार्यालय चाबहिलमा बुधबार बसेको बैठकले उक्त प्रदेशको विकास निर्माणमा अब पार्टीले निर्वाह गर्ने भूमिकाकाबारे सम्मेलनमा छलफल तथा पार्टीका प्रदेश तहका नेतालाई विभिन्न जिम्मेवारी प्रदान गर्ने भएको छ । नयाँ संरचनाअनुसार पार्टी संगठन निर्माण र विस्तार गर्नका लागि सोहीअनुसारको जनवर्गीय संगठन निर्माण गर्ने तथा प्रदेशगत आधारमा वार्षिक योजना निर्माणका लागि छलफल गरिएको छ ।


सचिावालय प्रमुख राजाराम श्रेष्ठका अनुसार सम्बन्धित प्रदेशले पार्टीका गतिविधि फैलाउन विभिन्न तहमा पार्टी प्रशिक्षण कार्यक्रम गरी संगठन सुदृढीकरण अभियान सञ्चालन गरिनेछ । पार्टी नेताले १५ साधारण सदस्य बनाउने नेतालाई मात्र सक्रिय सदस्यता प्रदान गर्ने भएको छ ।


प्रकाशित : माघ १७, २०७४ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्

प्राकृतिक प्रकोप नियन्त्रणको तयारीमा दक्षिण एसिया कमजोर

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण एसियाको प्राकृतिक प्रकोपबारे अध्ययन गरिरहेका अमेरिकी प्राध्यापक माइकल रेमबोल्डले यो क्षेत्र प्राकृतिक प्रकोपको जोखिमा रहेकाले तयारी शसक्त हुनपर्ने बताएका छन् ।

उनले यो क्षेत्र अन्यको तुलनामा थप जटिल रहेको र फरक फरक प्रकारको समस्या रहेको बताउदै अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मुलुकहरुले यसको समानाको लागि आफ्नै प्रकारको तयारी गर्न उनले सुझाए । भुकम्प, बाढिपहिरो, हावा–हुरी नै यहाँको समस्या हुन । हुनत यस्ता समस्याहरु अन्य मुलुकमा पनि परिरहेको भएपनि यहाँ फरक प्रकृतिको रहेको बुझाई उनको अनुसन्धान समुहले बताउने गरेको सुनाए ।

अमेरिकाको पूर्वि एसियाली रणनीतिक अध्ययन केन्द्र (नेसा) र दक्षिण एसियाली अध्ययन केन्द्र (सीसास) को संयुक्त सहकार्यमा बुधबार राजधानीमा आरम्भ भएको दुई दिने ‘दक्षिण एसियाली प्रकोपप्रति सम्वोधन’ नामक कार्यशालामा अमेरिकी प्राध्यापकले यस्तो धारणा राखेका हुन् । दक्षिण एसियाका सबै मुलुकका थिंक ट्यांक र सरकारी अधिकारीसमेत उपस्थित उक्त कार्यशालामा सार्क महासचिव अम्जद हुसेन बी सियालले हिमालय क्षेत्रमा रहेका छ मुलुक भुकम्पको जोखिमा रहेको बताउदै अन्य प्रकोप पनि उत्तिकै रहेको बताए ।

नेपाल, अफगानिस्तान, भुटान, भारत, बंगलादेश र पाकिस्तान भूकम्पीय जोखिममा रहेको उनले बताए । श्रीलंका, माल्दिभ्स र बंगलादेशको केही क्षेत्र सुनामीको जोखिममा रहेको समेत उनले बताउदै यसबाट कम जोखिम र मानविय क्षति कम गर्न सार्कले आफ्नो तर्फबाट सहकार्य गरिरहेको बताए । यसअघि भएका क्षतीको विवरणहरु समेत प्रस्तुत गर्दै महासचिवले भएका प्रयासहरु सुनाएका थिए । उनले सुरक्षा र अन्य विषयमा समेत सहकार्य गर्दै अघि बढ्न पर्नेमा जोड दिए । सार्कको शिखर सम्मेलनमा भएका सहमतिहरु कार्यावन्यन गर्दै जादा यसमा समस्या नहुने उनले बताए । बंगलादेशका थिंक ट्याकमा सक्रिया सौकत मुनिरले प्राकृतिक प्रकोपको साझा प्रयास बारे आफ्नो धारणा राखेका थिए ।

उनीहरुले यस्तो प्राकृतिक प्रकोपमा सुरक्षा निकाय आरम्भमा नै परिचालन गर्ने वा अन्तिम रुपमा उपयोग गर्ने भन्ने बहस पनि चलेको थियो । अधिकांशले आपत पर्दा सुरक्षा निकाय परिचालन हुनु स्वभाविक भएको बताए । तर, त्यस्तो समयमा उनीहरुको छुट्टै युनिट राखेर काम गर्न पर्ने सुझाएका छन । जुन अभ्यास अन्तराष्ट्रिय स्तरमा नै अघि बढेको पनि बताइएको छ ।

अमेरिकी अनुभवमा भने सुरक्षा निकाय अन्तिम चरणमा उपयोग गर्न पर्ने देखिए पनि सुरक्षा भित्रै कुनै ‘विङ’ यसमा सक्रिय राखेर अघि बढ्न पर्ने अनुभव स्पष्ट पारेका थिए । सीसासका प्रमुख डा. निश्चलनाथ पाण्डेले नेपालमा महाभुकम्प पछिको अवस्था र अहिलेसम्म पुन: निर्माण हुन नसकेको विषयलाई जोडेका थिए । उनले भुमक्प पछि मानविय उद्धामा भएको सहकार्य उल्लेख गर्न लायक रहेको पनि बताए । तर, प्राकृतिक प्रकोपको समयमा हुने तयारी सुुन्य प्राय रहेको अनुभव उनले बताए ।

सिसासका अध्येता महेश भट्टले बाढि, डुवान र नेपाल भारत सम्वन्धलाई उजागर गर्दै समस्याको समाधान सहकार्य नै रहेको सुझाएका थिए । त्यस्तै श्रीलंका, अफागनिस्तान र बंगलादेशका अधिकारीहरुले पनि प्राकृतिक प्रकोप विरुद्ध जुध्न सहकार्यको विकाल्प नभएको बताए ।

सामाजिक संजालबाट समेत सचेत गराउन सकिने र उच्च प्रविधिहरुको उपयोग गर्दै प्राकृतिक प्रकोप र बच्ने उपाय सुझाउन सकिने बताईको छ । प्राकृतिक अलवा अन्य सुरक्षा र प्रकोप बारे समेत छलफल भएको थियो । त्यसमा रोहिंगाको विषय पनि पर्ने बताइएको छ । यसमा विहिबार विस्तृत छलफल हुने सहभागि भट्टले बताए ।

प्रकाशित : माघ १७, २०७४ २०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×