कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतद्वारा क्लिन स्विप

श्रावण ३०, २०७४
भारतद्वारा क्लिन स्विप

पालेकेले (एएफपी) — रविचन्द्रन आश्विनले चार विकेट लिएपछि भारतले सोमबार तेस्रो टेस्टमा श्रीलंकालाई तीन दिनभित्र एक इनिङ्स र १ सय ७१ रनले हराएको छ । यससँगै तीन टेस्टको सिरिजमा भारतले क्लिन स्विप पनि गरेको छ ।

विदेशी भूमिमा तीन टेस्टको सिरिजमा भारतले ह्वाइटवा गरेको यो पहिलो पल्ट हो । 

आश्विन र पेसम्यान मोहम्मद सामीले एक आपसमा सात विकेट लिए र श्रीलंका आफ्नो दोस्रो इनिङ्समा १ सय ८१ रनमा अलआउट भयो । भारतले पहिलो इनिङ्समा ४ सय ८७ रन बनाएपछि श्रीलंका फलो अनमा परेको थियो । दुई दिनको खेलपछि नै टेस्टमा विश्वको नम्बर १ टिमको पकड प्राप्त भइसकेको थियो । 

भारत सुरुआती दुई इनिङ्सको समाप्तीमा ३ सय ५२ रनले अगाडि थियो । आश्विनले विहानको सेसनमा १६ रन बनाएका दिमुथ करुनारत्नेलाई आउट पारेपछि श्रीलंकाको पतन सुरु भएको हो । 

कप्तान दिनेश चन्डिमल र पूर्व कप्तान एन्जेलो म्याथ्युजले पाँचौं विकेटका लागि ६५ रनको साझेदारी गरे र यो नै श्रीलंकाले तेर्साएको एक मात्र बलियो पक्ष रह्यो ।

प्रकाशित : श्रावण ३०, २०७४ १६:१९
×