कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सी गेम्समा दुई नेपाली अम्पायर

श्रावण ३१, २०७४

काठमाडौं — नेपाली क्रिकेट अम्पायरद्वय बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदीले २९ औं साउथ इस्ट एसियन (सी) गेम्समा निर्णायकको भूमिका निभाउने भएका छन् । मलेसियामा सेप्टेम्बर १७ देखि २९ सम्म हुने प्रतियोगिताका लागि दुवै मंगलबार क्वालालम्पुर प्रस्थान गर्दैछन् ।

सी गेम्समा पहिलोपटक राखिएको क्रिकेट विधामा मलेसिया, सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया र म्यानमारले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता पुरुषतर्फ ५० र ट्वान्टी–२० ओभर तथा महिलामा ट्वान्टी–२० ओभर संरचनाको हुँदैछ । आयोजकले अम्पायरद्वय प्रधान र सुवेदीलाई इन्टरनेसनल टेक्निकल अफिसरका रूपमा बोलाएको हो ।

प्रकाशित : श्रावण ३१, २०७४ ०८:२१
×