कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रियलद्वारा बार्सिलोना पराजित

श्रावण ३०, २०७४
रियलद्वारा बार्सिलोना पराजित

बार्सिलोना — रियल म्याड्रिडले आइतबार राति स्पेनिस सुपरकप पहिलो लेगको खेलमा बार्सिलोनालाई ३–१ ले हराएको छ । त्यसमा रियलका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।

त्यसयता उनी दोहोरो पहेँलो कार्ड खाएर मैदान छाड्न पनि बाध्य रहे । जेरार्ड पिकेको आत्मघाती गोलले रियल खेलमा अगाडि रहेको थियो । त्यसयता बार्सिलोनाका तर्फबाट लियोनल मेसीले पेनाल्टीबाट बराबरी गोल गरे ।

त्यसयता रोनाल्डो र मार्को एसेन्सोले गोल गर्दै रियललाई अग्रता दिलाए । अब आउने बुधबार दोस्रो लेगको खेल रियलको घरेलु मैदानमा हुनेछ ।

प्रकाशित : श्रावण ३०, २०७४ ०९:००
×