कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हङकङसँगको खेलका लागि प्रारम्भिक टोली

श्रावण ३१, २०७४

काठमाडौं — नेपालले हङकङसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलका लागि सोमबार २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । नेपालले छैटौं चरणको खेल अक्टोबर १३ र १५ मा हङकङमा गएर खेल्ने कार्यक्रम छ ।

छनोट खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सुशील कँडेल, शक्ति गौचन, नरेश बुढाऐर, अविनाश कर्ण, ललितसिंह भण्डारी, सन्दीप लामिछाने, विक्रम सोब, महबुब आलम, सौरभ खनाल, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलीप नाथ, आरिफ शेख, हासिम अन्सारी, सुसन भारी, सागर पुन, दीपेन्द्रसिंह ऐरी, सुनील धमला, वसन्त रेग्मी, करण केसी, विनोद भण्डारी र सोमपाल कामी छन् । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस सम्मिलित छनोट समितिले एक वर्षभरि भएका राष्ट्रिय र अन्य प्रतियोगिताका आधारमा खेलाडी छनोट गरेको नेपाली टिमका टेक्निकल एनालिस्ट रमन सिवाकोटीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

च्याम्पियनसिपको १० खेलको समाप्तिमा हङकङ ११ र नेपाल ८ अंकसहित क्रमश: चौथो र छैटौं स्थानमा छन् । आठ राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष चार टोली सन् २०१९ मा हुने आईसीसी विश्वकप छनोटमा सोझै खेल्न पाउने प्रावधान छ ।

प्रकाशित : श्रावण ३१, २०७४ ०८:२२
×