कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्डको मनोनय घोषणा

श्रावण ३०, २०७४
स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्डको मनोनय घोषणा

काठमाडौं — वर्ष २०७३ मा प्राप्त उपलब्धि र चर्चाको आधारमा पिपुल्स च्वाइस अवार्ड २०७३ का लागि सोमबार ५ खेलाडी मनोनयन गरिएको छ । यसका लागि एसएमएस भोटिङ र फेसबुक लाइक सुरु भएको छ ।

२०७४ साल भदौ २५ गते राति १२ बजेसम्म चल्ने भोटिङ र फेसबुक लाइकको आधारमा सर्वाधिक भोट प्राप्त गर्ने खेलाडी यस अवार्डको विजेता हुनेछ ।

यसमा चार फेसबुक लाईकलाई १ भोट मानिनेछ । मनोनयमा पर्ने खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी कान्छिमाया कोजु, जुडोकी फुपू ल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठ रहेका छन् । मनोनयनमा पर्ने खेलाडी र उनीहरूले वर्ष २०७३ मा प्राप्त गरेको उपलब्धइ यस प्रकार छ ।
 
दीपेन्द्रसिंह ऐरी, क्रिकेट
–२०७३ सालमा नेपाली टिमका लागि सर्बाधिक ३ सय ५७ रन बनाएका । ४ अर्धशतक । ४ विकेट
–राष्ट्रिय टिमबाट ५ खेलमा २ सय ११ रन र ३ अर्धशतक
–विश्व क्रिेकट लिग च्याम्पियनसिपमा केन्यासंग ६२ रन, इमर्जिङ टिम्स कपमा बंगलादेशविरुद्ध ५६ रन र हङकङविरुद्ध नटआउट ६० रन तथा यू–१९ एसिया कपमा श्रीलंकासंग ९० रन
 
गौरिका सिंह, पौडी
–रियो ओलम्पिककी सबभन्दा कान्छी खेलाडी । १३ वर्ष २५५ दिन ।
–कान्छी खेलाडीको रुपमा विश्वका चर्चित् मिडियाहरूमा छाएकी
–१२ औं दक्षिण एसियाली खेलकुदमा १ रजत र ३ कांस्यपदक जितेकी
–३० पल्ट राष्ट्रिय कीर्तिमान बनाएकी
 
कान्छीमाया कोजु, एथलेटिक्स
–म्याराथन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान
–पााच वटा हाफ म्याराथनमा पहिलो
–सातौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजतपदक
–काठमाडौं म्याराथनमा २:५५:५७ को राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक
–पिंकाथन हाफ म्याराथनमा १:१८:२६ को राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक
–न्यू ताइपेई सिटी म्याराथनमा ११ औं । उमेर समूहमा पहिलो
 
फुपू ल्हामु खत्री, जुडो
–रियो ओलम्पिकमा सहभागी, पूरा समय (४ मिनेट) टिक्ने पहिलो नेपाली जुडोका
–१७ औं जुनियर एसियन जुडो च्याम्पियनसिप, कोचीमा कांस्यपदक जितेकी
–सातौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक
–२२ औं एसियन जुडो च्याम्पियनसिप, उज्वेकिस्तानमा सहभागी
 
सुजल श्रेष्ठ, फुटबल
–एएफसी सोलिडारिटी कप च्याम्पियन राष्ट्रिय टिमका खेलाडी
–सोलिडारिटी कप फाइनलमा मकाउविरुद्ध निर्णायक गोलकर्ता
–मनाङ मस्र्याङदी क्लबलाई दुहवी, खप्तड, आहा–रारा र झापा गोल्डकप उपाधि दिलाउन महत्वपूर्ण योगदान
–दुहवी गोल्डकपका सर्वोत्कृष्ट खेलाडी । आहा–रारामा उत्कृष्ट मिडफिल्डर
–शेख कमल इन्टरनेसनल कपमा सेमिफाइनल

प्रकाशित : श्रावण ३०, २०७४ १६:५५
×