देशमा ‘ल ब्रोकर’ छन् : प्रधानन्यायाधीश

भूषण यादव

वीरगन्ज — सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले निष्पक्ष भएर कार्य गर्दा कसैले पनि दबाउन नसक्ने दाबी गरेका छन् । 

देशमा ‘ल ब्रोकर’ छन् : प्रधानन्यायाधीश

वीरगन्जमा बुधबार सर्वोच्च अदालतद्वारा आयोजित न्यायमा सहज पहुँचका लागि स्थानीय न्यायिक समितिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘विसंगति र विकृत्तिविहीन समाज हुन सक्दैन, त्यो सबको व्यवस्थापन गर्ने कानुनी शाशन हो, विधिको शाशन हो । पवित्र भावना लिएर निष्पक्ष भएर कार्य गर्दा कसैले दबाउन सक्दैनन् ।’उनले समाजमा हल्ला गर्ने, झुठो कुरा फैलाउने, निहीत स्वार्थका लागि कानुन हातमा लिने र दिनभरि अरुको एजेन्ट भएर पैसा कमाउने, फेसबुकमा झुठा कुरा फैलाएर रमाउने व्यक्तिहरु रहेको उल्लेख गरे ।


चीनजस्तो विकसित देशमा समेत ‘ल ब्रोकर’ रहेको उदाहरण दिँदै प्रधानन्यायाधीश पराजुलीले भने, 'हाम्रो देशमा पनि ‘ल ब्रोकर’ छन्, कानुन हातमा लिनेहरु छन्, रवाफ जमाउने छन् ।'


स्थानीय तहमा निर्वाचित पर्सा, बारा र रौतहटका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका उप्रमुख र उपाध्यक्षहरुको उपस्थित रहेको अन्तरक्रिया कार्यक्रममा उनले न्याय निरुपणका लागि अलिकति त्याग, ठूलो भावनाका साथ अगाडि बढ्नु पर्ने बताएका थिए ।


प्रकाशित : माघ १७, २०७४ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?