पर्साको बहुदरमाई नगरपालिका-२, सिसयाडी निवासी विकास यादवले आफ्नै श्रीमतीलाई कान्छी आमा बनाएर विगत ५ वर्षदेखि मृत्यु भइसकेका बुवाको सरकारी जागिर वापत आउने निवृत्तिभरण (पेन्सन) लिईरहेको पाइएको छ ।
पछिल्लो समय पर्सा प्रहरीले अवैध रुपले लगाइएको गाँजाका बोटहरु फडानी अभियानलाई तीब्र पारेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएका प्रहरीले ३० कठ्ठा जग्गामा लगाइएका गाँजाको बोट फडानी गरेका छन् ।
व्यापारीसँग पैसा उठाइरहेको अवस्थामा पर्सा प्रहरीले एकजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२३ हरपतगन्जमा व्यापारीसँग महिनावारी रकम उठाइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरेको हो ।
पर्सा प्रहरीले १० कठ्ठा खेतमा लगाइएको गाँजाको विरुवा नष्ट गरेको छ । पर्साको ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा अवैध रूपले लगाइएको गाँजाको विरुवा प्रहरीले नष्ट गरेको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।
पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक एवम् पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् । २०७४ को निर्वाचनमा रौनियार जनता समाजवादी पार्टीको टिकटबाट पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । राजनीतिमा सक्रिय भएपछि उनले पप्पु कन्स्ट्रक्सनको अध्यक्ष पद छाडेका थिए ।
नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार आदर्शनगर रंगशालामा भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा २–० ले पराजित गरेको हो ।
मधेश प्रदेशकै उच्च धनराशिको प्रथम वीरगन्ज गोल्डकप फुटबल उपाधिका लागि शनिबार फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने भएका छन् । दुवै विभागीय टोलीका प्रशिक्षकले आदर्शनगर रंगशालामा फाइनल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।
प्रथम वीरगन्ज गोल्ड कपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।