भूषण यादव

भूषण यादवका लेखहरु :

पर्सामा परिमार्जनसहित असार ६ सम्म थपियो निषेधाज्ञा

पर्सामा जारी निषेधाज्ञा केही परिमार्जनसहित असार ६ सम्म थप्ने निर्णय भएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञा कोभिडको संक्रमण तोडन उपयोगी भएको देखिएकाले जारी आदेशलाई परिमार्जनसहित असार ६ सम्म राति १२ बजेसम्म थपिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

विद्यार्थीका लागि पठाइएको खोप अरुलाई लगाउन दबाब

जिल्ला खोप समन्वय समिति पर्साले वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीका लागि शुक्रबार पठाएको भरोसेल खोप कर्मचारी र तिनका आफन्तले लगाएपछि विवाद उत्पन्न भएको छ ।

वीरगन्ज महानगरपालिकाको विद्यार्थी खाजामा अनियमितता

प्राथमिक तहका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न लागू गरिएको दिवा खाजा कार्यक्रममा अनियमितता भएको पाइएको छ । वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाले दिवा खाजा नखुवाएका विद्यालयलाई पनि दुई महिनाको रकम निकासा गरेपछि विवाद चुलिएको हो । दुई दिन अगाडि महानगरपालिका मातहत रहेका ८९ विद्यालयलाई फागुन र चैतको दिवा खाजाबापतको एक करोड ३८ लाख रुपैयॉँ निकासा भएको थियो ।

बलात्कारको घटना लुकाउन ‘गाउँमै पञ्चायती’

पर्साको जगरनाथपुर गाउँपालिका–४ जगरनाथपुर टोलमा बलात्कारको घटना लुकाउन शनिबार राति गाउँपालिका प्रमुखकै अगुवाइमा ‘पञ्चायती’ गरिएको पाइएको छ । गाउँमा प्रहरी पुग्दा पीडक युवकलाई प्रमुखकै योजनामा भगाइएको स्थानीयले आरोप लगाएका छन् । 

यसकारण रोज्छन् नेपाली नागरिकता

दुवै देशको सरकारी स्रोतसाधनमा रमाउन चाहने सीमापारिका व्यक्तिले नेपाली नागरिकता लिइरहेको देखिएको छ । नेपालको नागरिकता र भारतको रासनकार्ड हुने थुप्रैको सीमावर्ती क्षेत्रमा बसोबास छ । त्यसो त भारतीय रासनकार्ड बनाउने नेपाली पनि छन् ।

सर्जिकलका कर्मचारीमाथि कुटपिट गरेको घटना छानबिन गर्न समिति गठन

वीरगन्जको एक सर्जिकल पसलका कर्मचारीमाथि डीएसपीले कुटपिट गरेको घटनाको छानबिन गर्न २ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ ।

डीएसपीले सर्जिकलका कर्मचारी कुटेपछि चौतर्फी आलोचना

एउटा सर्जिकल पसलमा पसेर बर्दीमा रहेका डीएसपीले कर्मचारीलाई बुट र लौरोले हिर्काएको सीसीटीभी भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ । डीएसपीले गरेको कुटपिटको सबैले आलोचना गरेका छन् ।

वीरगन्जमा नागरिकता बाँडिएको विषय आधारहीन र असत्य : जिल्ला प्रशासन पर्सा

जिल्ला प्रशासन कार्यालय पर्साको नाम जोडेर हालै सामाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएर भएका पोष्ट र आएका समाचारहरु प्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नागरिकतामा सीमापारिको मोह

२०६३ सालमा जनकपुर ८ मा खटिएको नागरिकता टोलीसमक्ष लामो दारी–जुँगा पालेका र पगरी गुथेका पञ्जाबी वेशभूषाका एक व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र लिन आवश्यक सबै प्रमाण पेस गरे । जनकपुरको समुदायभन्दा फरक वेशभूषाका ती व्यक्तिलाई नागरिकता दिने वा नदिने विषयमा केहीबेर छलफल नै चल्यो ।