नेपाल पुलिस क्लब वीरगन्ज गोल्डकपको फाइनलमा

फाल्गुन २१, २०८१

भूषण यादव

Nepal Police Club in the final of Virganj Gold Cup

वीरगन्ज — विभागीय टोली नेपाल पुलिस क्लब वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लबलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । 

आदर्शनगर रंगशालामा भएको खेलको निर्धारित समयमा दुवै टिम बिनागोल बराबरी खेलेपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि दुवै टिमको स्कोर बराबरी भएपछि खेल सडेन डेथमा प्रवेश गरेको थियो । 

टाइब्रेकरमा पुलिसका लागि उज्जवल राई ,रामचन्द्र वाजी ,सञ्जीव लामा ,अमित टमाटा,विवेक पाण्डेले हानेका थिए । जसमा राईले पोलबाहिर र लामाले हानेको गोलकिपरले रोकेका थिए । त्यसपछि सडेन डेथमा पुलिसका शिशिर चौधरी, निरज खड्का, प्रज्जवल चौधरी र सुनिल तामाङले गोल गरेका थिए । 

टाइब्रेकरमा वीरगन्जका आशा गुरुङ, सनतबहादुर गुरुङ, सिशस थापा, बल्टोर र कृपाकान्त चौधरीले हानेका थिए । जसमा सन्तबहादुरले हानेको गोलकिपरले रोके भने बल्टोरले हानेको बल पोलमा लडेको थियो । 

त्यसपश्चात सडेनडेथमा वीरगन्ज अजित चौधरी, विक्रम ठाकुर, प्रमजय चौधरी र विवेक चौधरीले हानेका थिए । जसमा विवेकले पोस्टबाहिर हानेका हुन् । खेलमा म्यान अफ द म्याच नेपाल पुलिस क्लबका गोलकिपर अमित टामाटा घोषित भएका थिए । उनले नगद १० हजार र शिल्ड पनि पाएका थिए । बिहीबार हुने दोस्रो सेमिफाईनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौं र सहलेस फुटबल क्लब सिरहा भिड्ने छन् ।

भूषण

Link copied successfully