स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु

माघ ८, २०८१

भूषण यादव

Cyclist dies after being hit by a school bus

वीरगन्ज — वीरगन्ज महानगरपालिका-१६ स्थित बाइपास सडकमा मंगलबार बिहान स्कुल बसले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहान करिब साढे १० बजेको समयमा नगवास्थित तेजस स्कुलको ना ५ ख १५०४ नम्बरको बसले साइकल यात्रुलाई ठक्कर दिएको थियो । 

साइकल यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार स्कुल बसको ठक्करले बाराको फेटा गाउँपालिका –५ निवासी तैमोदिन मियाँको घटनास्थलमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भूषण

Link copied successfully