इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ ।
चीन सरकारले सिनोफार्म कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । सिनोफार्मका अनुसार यो खोप कोरोना भाइरसविरुद्ध ७९ प्रतिशत प्रभावकारी पुष्टि भएको छ ।
शीर्ष वरीयताको अस्ट्रेलियाले बिहीबार दिवारात्रि टेस्टमा भारतको सामना गर्दा उसको मनमा बदलाको भाव हुनेछ । तर, दुवै टिम समान समस्याबाट गुज्रिरहेका छन्, खेलाडीको चोट र छनोटको कठिनाइ ।
युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन् । युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो ।
अस्ट्रेलियाका स्टिभ स्मिथले भारतविरुद्धको एकदिवसीय शृंखलाअगाडि आफू लयमा आइसकेको बुधबार बताएका छन् । उनले आफू टेस्ट क्रिकेटको शीर्ष ब्याट्सम्यान भएको सिद्ध गर्न तयार रहेको पनि बताए ।
डेविड सिल्भाले दुई गोलको अवसर सिर्जना गरेपछि स्पेनी ला लिगामा रियल सोसिडाडले हेस्कालाई ४–१ ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । सोसिडाडको सात खेलबाट १४ अंक भएको छ ।
बेन्चबाट मैदान प्रवेश गर्दै जेमी भार्डीले गरेको निर्णायक गोलमा लेस्टरले आर्सनललाई उसकै घरेलु मैदानमा आइतबार १–० ले हराएको छ । लिगका पछिल्ला चार खेलमा आर्सनलको यो तेस्रो हार हो ।