कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

म्यानचेस्टरको उपाधि दावेदारी

श्रावण ३०, २०७४
म्यानचेस्टरको उपाधि दावेदारी

म्यानचेस्टर — इङलिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो चरणमा म्यानचेस्टर युनाइटेड सबैभन्दा शानदार सुरुआत लिने टिम बनेको छ । उसले आइतबार रातिको खेलमा वेस्ट ह्यामलाई ४–० ले हरायो ।

जोसे मोउरिन्होको म्यानचेस्टरलाई यसपल्टको सिजनमा लिग उपाधिका लागि सर्वाधिक बलियो दावेदार मानिएको छ र पछिल्लो जितले यो दाबीलाई साथ पनि दिएको छ ।

ओल्ड ट्रायफोर्डमा भएको खेलमा रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै एन्थोनी मार्सियल र पउल पोग्बाले पनि एक एक गोल गरे । पहिलो चरणको समाप्तीमा म्यानचेस्टर अंक तालिकाको शीर्ष स्थान कब्जा गर्न पनि सफल भएको छ ।

प्रकाशित : श्रावण ३०, २०७४ ०७:२१
×