कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रोनाल्डो निलम्बित

श्रावण ३१, २०७४

लन्डन — रेफ्रीलाई धकेलेको आरोपमा क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस फुटबल महासंघले सोमबार ५ खेलमा निलम्बित गरेको छ । रियलले आइतबार बार्सिलोनामाथि स्पेनिस सुपरकपमा ३–१ को जित हात पारेको सो खेलमा रोनाल्डोलाई उक्त कार्यका लागि रातो कार्ड पनि दिइएको थियो ।


रातो कार्डका लागि विश्व वर्षका फुटबलर रोनाल्डो स्वत: एक खेलका लागि निलम्बित भएका थिए । रेफ्री रिकार्डो डी बुर्गोस बेन्गोइटसिआलाई धकेलेकाले उनीमाथि ४ खेल निलम्बनको प्रतिबन्ध थपिएको हो । रोनाल्डोलाई ४ हजार ५ सय डलर पनि जरिवाना लगाइएको छ । उनीमाथि लगाइएको सजायबारे रोनाल्डोले १० दिनभित्र अपिल गर्न पाउनेछन् ।

प्रकाशित : श्रावण ३१, २०७४ ०८:२२
×