कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ग्रिनल्यान्ड विजयी

श्रावण ३०, २०७४

काठमाडौं — आयोजक ग्रिनल्यान्ड र गोल्डेनपिक स्कुल १२ औं क्वीक्स ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार सिनियर ब्वाइजको खेलमा ग्रिनल्यान्डले सामाखुसी बोर्डिङ स्कुल (सेब) लाई ५७–४१ स्कोरले हरायो । ग्रिनल्यान्डबाट दिलीप पुनमगर एक्लैले ३१ स्कोर गरे । सिनियर ब्वाइजकै अर्को खेलमा गोल्डेनपिकले ज्ञानसिन्धुलाई ४८–३६ ले पराजित गर्‍यो । 

गोल्डेनपिकको जितमा गोपाल भण्डारीले २० स्कोर गरे । दुवै टिमले समूह ‘घ’ बाट समान दुई–दुई खेल जितेर एक खेलअगावै क्वाटरफाइनलमा स्थान बनाएका छन् । मंगलबार यी दुईबीचको लिग चरणको अन्तिम खेलबाट समूहविजेता र उपविजेताको छिनोफानो हुनेछ । 

प्रकाशित : श्रावण ३०, २०७४ ०७:४०
×