कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भेरीको भेलमा दाउरा निकाल्ने चटारो

महेश केसी

रुकुम पश्चिम — डोल्पातर्फबाट ठूली भेरी र रुकुम रुकुम पूर्व तर्फबाट सानीभेरी जाजरकोट र रुकुम पश्चिमको रिम्नामा मिसिएपछि भेरी नदी बन्छ । बर्खामा उर्लेर आउने भेरीले आसपासका सर्वसाधारणमा सधैंका बर्खामा डर पैदा गरिदिन्छ । यही डरको पर्वाह नगरी नदीले बगाएर ल्याएका काठपात संकलन गर्न एकाबिहानै घरबाट निस्किन्छिन् विमला रोका ।

भेरीको भेलमा दाउरा निकाल्ने चटारो

उर्लेदो भेलमा लठ्ठीको सहाराले दाउरा तान्न सिपालु रोका मात्रै होइनन्, धेरै स्थानीयले यसैगरी दाउरा तान्ने जुक्ति लगाउने गरेका छन् ।

बलियो लौरोमा लामो काटी ठोकेर बल्छीमा माछा मारेझै गरेर दाउरा तान्न बालक, वृद्ध, युवा, महिला प्रायः सबै भेरीको तटमा पुग्ने गरेका छन् । विमला भन्छिन्, ‘दाउरा पाउने वन गाउँदेखि टाढा छ । जान सम्भव हुन्न । बर्खामा नदीमा बगेर आएका दाउरा तान्न सके बर्षभरी पुग्छ ।’

बर्षा बढी भएको दिन नदीमा काठदाउरा बगेर आउने भएकाले उनीहरु बिहानै बगरमा गएर बस्ने गरेका छन् । स्थानीय राजेशकुमार पुनले भेरी बढेपछि आफूहरु खुसी हुने बताए । बस्ती नदीको समिपमै भए पनि अहिलेसम्म यसले नोक्सानी नगरेको पनि राजेश बताउँछन् । बर्खामा भेरीको भेलले यसरी दाउरा र काठपात बगाएर ल्याउने र हिउँदमा यही भेरीमा माछा मारेर गुजारा चलाउने गरेको स्थानीय बताउँछन् ।


प्रकाशित : श्रावण १०, २०८१ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×