कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मध्यपहाडी लोकमार्गको रुकुम खण्डमा जोखिम, अत्यावश्यक बाहेक यात्रा नगर्न अग्रह

महेश केसी

रुकुम पश्चिम — रुकुम पूर्व र पश्चिमलाई मुख्य राजमार्ग र सहरसँग जोड्ने राप्ती लोकमार्ग र मध्यपहाडी राजमार्गको यात्रा बर्खायाममा जोखिपूर्ण हुने गरेको छ । 
तुलनात्मक रुपमा राप्ती लोकमार्गभन्दा मध्यपहाडी राजमार्ग यतिबेला जोखियुक्त छ ।

मध्यपहाडी लोकमार्गको रुकुम खण्डमा जोखिम, अत्यावश्यक बाहेक यात्रा नगर्न अग्रह

निर्माणको अन्तिम चरणका रहेको यो मार्ग अन्तर्गत रुकुम पूर्व–पश्चिम खण्डका दर्जनौं ठाउँमा माथिबाट पहिरो खस्ने, सडक भासिने र खहरे बढेर आवागन नै अवरुद्ध हुने गरेको मध्यपहाडी राजमार्ग आयोजना कार्यलय दैलेखका इन्जिनियर नवीन खरेलले जानकारी दिए ।

पूर्वको बागलुङ सिमाना आसपास, धौलापहिरा, रानीकोट र खोपिराचार आसपास तथा पश्चिमको किटेनी भीर, खरखरे, सिम्ली आसपास, चाइनागर आसपास र कालेखोलालगायतका ठाउँमा पहिरो र भेलले जोखिम बडेको इन्जिनियर खरेलको भनाइ छ । ‘पश्चिममा भूकम्पले जमिन हल्लाएको र पूर्वमा रानीकोट आसपासमा सडक निर्माणधीन अवस्थामा रहेका कारण पहिरो झर्ने गरेको छ,’ उनले भने ।

झरी सुरु भएको केही दिन मात्रै भएको अवस्थामा पनि यो मार्गमा आवागमन एकदमै असहज भइरहेकाले दिनानुदिन यात्रुहरु अलपत्र पर्ने गरेका छन् । मध्यपहाडी राजर्गमा यात्रारत यात्रु रमेश विष्टले पहिरोका कारण आफू घण्टौ बाटोमा रोकिनु परेको अनुभव सुनाए । ‘चौरजहारी नजिकैको कालेखोलामा बाढी आउँदा तीन घण्टा रोकिनुपर्‍यो,’ उनले भने, ‘कहाँनिर कतिबेला के हुने हो केही भन्न सकिने अवस्था छैन ।’

यस खण्डमा सवारी चलाउँदा नी जोखिम हुने गरेको चालक रमेश बिसीले बताए । ‘बाटो चलेकै छ भनेर हामी बस चलाउँछौ । तर माथिबाट ढुंगा र पहिरो नै खस्ने जोखिम छ । यही खतराबीचमा पनि यात्रा गरी राखिएको छ ।’

सडकमा जोखिम बढिरहेको भएपनि मध्यपहाडी राजमार्गमा तत्काल मर्मत तथा उद्धारको लागि पूर्व र पश्चिम गरेर दुई स्थानमा डोजर, लोडर र स्काभेटर तयारी अवस्थामा राखिएको मध्यपहाडी आयोजनाका इन्जिनियर खरेलले बताए ।

त्यस्तै रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी राजमार्गमा अत्यावश्यक बाहेक यात्रा नगर्न सूचना जारी गरेको छ । प्रजिअ माधवप्रसाद शर्माले मध्यपहाडी राजमार्गको यस खण्डमा यात्रा गर्दा सुरक्षालाई ध्यान दिन र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरिएको बताए । साथै उनले सवारी र यात्रुहरुको सुरक्षाका लागी सम्बन्धित सबैले आ–आफ्नो ठाउँबाट सचेत हुन पनि अनुरोध गरे ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको मध्यपहाडी राजमार्गको कुल १ हजार ७ सय ६५ किलोमिटर लामो सडक मध्ये रुकुम पूर्वमा ५५ र पश्चिममा ७० किलोमिटर गरेर कुल १ सय २५ किलोमिटर रुकुमभित्र पर्दछ ।

प्रकाशित : असार २२, २०८१ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×