कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मुसीकोटमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते

महेश केसी

रूकुम पश्चिम — रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ गिलवाङमा गाडी दुर्घटना हुँदा तीन जनाको जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । आइतबार राति ८:३० बजे बाँफिकोट गाउँपालिका-४ को छिनखेतबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको गाडी गिलवाङ नजिकै दुर्घटना भएको हो ।

मुसीकोटमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते

कर्णाली प्रदेश ०२००१ च ०४१३ नम्बरको गाडी सडकबाट खस्दा बर्दिया ठाकुरबाबा नगरपालिका -५ का २७ वर्षीय सौगात विक, सुर्खेतको गुर्भाकोट नगरपालिका-८ का ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेतकै बराहताल गाउँपालिका बड्डीचौरका २२ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नवराज पोखरेलले जानकारी दिए ।

यस्तै दुर्घटनामा घाइते हुनेहरूमा रुकुम पश्चिमको बाँफिकोट-४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा-५ कालीगौडीका २७ वर्षीय आरएन भनिने टीकाराम खनाल रहेका छन् ।

घाइतेहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । गाडी सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : जेष्ठ २८, २०८१ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×