कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

तिला नदीमा बगेर बालक बेपत्ता 

कालीकोट — तिला नदीमा पौडी खेल्ने क्रममा तिलागुफा ७ छाप्रेका १४ वर्षीय हिक्मत बम बेपत्ता भएका छन् । 

मंगलबार दिउँसो १२ बजे तिलागुफा ६ गाल्जे नजिकैको तिला नदीमा पौडी खेल्ने क्रममा बगेर बम बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए । सत्यदेवी मावि जुविथामा कक्षा ८ मा पढ्ने बमका आमाबुवा गाल्जे बजारमा ब्यवसाय गर्न छाप्रेबाट बसाइँ आएका थिए ।

स्थानीयसहित प्रहरीले बेपत्ताको खोजी गरिरहेको भए पनि कतै नभेटिएको तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले जानकारी दिए ।


प्रकाशित : जेष्ठ १५, २०८१ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×