२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

खत्याडमा जीप दुर्घटना हुँदा १२ जना घाइते 

मुगु — खत्याड गाउँपालिकास्थित सेरी जाममा बिहीबार जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । उनीहरुमध्ये ९ जना विद्यार्थी छन् ।

खत्याडमा जीप दुर्घटना हुँदा १२ जना घाइते 

प्रहरीका अनुसार बाजुराको बुढीनन्दा नगरपालिकास्थित कोल्टीमा रहेको जनप्रकाश माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थी र शिक्षक रारा भ्रमण गर्न आउने क्रममा जीप दुर्घटना हुँदा ९ जना विद्यार्थी, २ जना शिक्षिका र एक जना चालकसहित १२ जना घाइते भएका हुन् ।

ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको खत्याड गाउँपालिका-२ का वडाअध्यक्ष हेमराज मल्लले जानकारी दिए । उनले भने, 'घाइते १२ जनाको भित्र कति चोट लागेको छ ? भन्ने थाहा भएन । बाहिर टाउकोमा चोट लागेर रगत आएको अवस्था छ ।'

घाइते विद्यार्थी, शिक्षिका र चालकलाई थप उपचारको लागि खत्याड रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ । जीप सडकबाट २५ मिटर तल खसेको थियो ।

प्रकाशित : जेष्ठ १०, २०८१ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?