कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कर्णालीमा युवा सम्मेलन बिहीबारदेखि

ज्योति कटुवाल

सुर्खेत — तेस्रो युवा सम्मेलन बिहिबारदेखि वीरेन्द्रनगरमा हुँदैछ । नेपाल युवा परिषद् र समाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन चार दिनसम्म सञ्चालन हुने छ । सम्मेलनमा कर्णालीका २ सय पाँच जना युवाहरु सहभागी हुँदैछन् ।

कर्णालीमा युवा सम्मेलन बिहीबारदेखि

‘उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मूल नाराका साथ सम्मेलन हुन लागेको नेपाल युवा परिषदका राष्ट्रिय अध्यक्ष सरोज बानियाले बताए । सम्मेलनमा साँस्कृतिक साँझ, कर्णालीका युवाद्धारा तयार पारिने कर्णाली प्रदेशको प्रादेशिक कार्ययोजना र विभिन्न विज्ञहरुद्वारा विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुत हुने उनले बताए ।

सम्मेलनमा सहभागी भएका २ सय ५ जना युवाहरुले आफ्नो कला-सँस्कृति झल्कने पोशाक, स्थानीयस्तरमा पाइने रैथाने तथा जात जातीय खानाका परिकार र रैथाने बिउबिजनसहित सहभागिता हुने जनाइएको छ ।

नेपालमा कुल जनसंख्याको ४२.५६ प्रतिशत हिस्सा ओगटेको युवा जमातलाई विभिन्न तह र तप्कामा नेतृत्वदायी भूमिकामा ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २१, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×